- ADVERTISEMENT -
- ADVERTISEMENT -

गोरखा क्षेत्र नं. १ का निवर्तमान सांसद बजगाइको अपिल: “संस्था ठूलो, कांग्रेसलाई मत दिनुहोस्”

February 23, 2026
43
Shares

गोरखा क्षेत्र नं. १ का निवर्तमान सांसद बजगाईंको अपिल: “संस्था ठूलो, कांग्रेसलाई मत दिनुहोस्”:राजेन्द्र बजगाई

गोरखा ।

गोरखा क्षेत्र नं. १ का निवर्तमान सांसद राजेन्द्र बजगाईं ले गोरखा जिल्लावासी आमाबुवा, दिदीबहिनी तथा दाजुभाइलाई सम्बोधन गर्दै भावुक सन्देश सार्वजनिक गर्नुभएको छ।

उहाँले “व्यक्तिगत अवरोधभन्दा संस्था ठूलो हुन्छ” भन्दै आगामी निर्वाचनमा पनि नेपाली कांग्रेस लाई मत दिन आग्रह गर्नुभएको छ।

बजगाईंले फेब्रुअरी २०२६ मा किङ्स वेस्थित Sam’s Pub मा कांग्रेसका एक सम्मानित व्यक्तिसँग भेटघाटका क्रममा भएको प्रसंग उल्लेख गर्नुभएको छ। उहाँका अनुसार त्यहाँका एक वरिष्ठ वेटर क्याप्टेनले आफूलाई “तपाईंलाई रोकिएको” जानकारी गराएका थिए।

यस विषयमा प्रतिक्रिया दिँदै बजगाईंले लेख्नुभएको छ, “अहिले रोक्ने भूमिकामा पुगेका छन्, तर प्रवाह उपरवालेले निर्धारण गर्छन्—उ त केवल २०० मिटरको दौडका लागि खटिएको पात्र मात्र हो।”

आफूमाथि अवरोध सिर्जना भए पनि पार्टी र संस्थाप्रतिको निष्ठा महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले अन्त्यमा गोरखावासीलाई “यसपटक कांग्रेसलाई माया गर्न” आग्रह गर्नुभएको छ।

राजनीतिक वृत्तमा बजगाईंको यो अभिव्यक्तिलाई आगामी चुनावी सन्दर्भमा अर्थपूर्ण संकेतका रूपमा हेरिएको छ।

- ADVERTISEMENT -