Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:२९:०७ बिहान
- ADVERTISEMENT -

दोलखामा एमाले र माओवादीलाई धक्का: विगुका उपाध्यक्ष श्रेष्ठ सहितको टोली कांग्रेसमा प्रवेश

प्रकाशित मिति: २०८२ फागुन ६, बुधबार

99
Shares

दोलखामा एमाले र माओवादीलाई धक्का: विगुका उपाध्यक्ष श्रेष्ठ सहितको टोली कांग्रेसमा प्रवेश गरेका छन् ।
दोलखा । निर्वाचनको मुखमा नेकपा (एमाले) विगु गाउँपालिकाका उपाध्यक्ष शेषनारायण श्रेष्ठ सहितको ठूलो टोली नेपाली कांग्रेसमा प्रवेश गरेको छ। विगु गाउँपालिका वडा नं. १ मा आयोजित वडा सभा तथा पार्टी प्रवेश कार्यक्रममा एमाले र माओवादी परित्याग गरी दर्जनौँ नेता-कार्यकर्ता कांग्रेसमा समाहित भएका हुन्।

एमालेबाट पार्टी छोड्नेहरूमा वडा नं. १ का सचिव चाहाना मगर, उपसचिव सूर्यनारायण श्रेष्ठ, प्रकाश थापा मगर, कुमारी तामाङ, लालमान तामाङ, सीतादेवी श्रेष्ठ र वडा नं. २ की पार्वती जीसी रहेका छन्।

त्यस्तै एमाले पालिका कमिटी सदस्यहरू बिन्दु तामाङ, गाइने ठकुरी, पार्वती ठकुरी र रत्नविक्रम थापा मगर पनि कांग्रेसमा प्रवेश गरेका छन् । यसका साथै माओवादी केन्द्र परित्याग गरी साङछिरी तामाङ, कुमार विक, रन्जिमाया तामाङ, पदममाया तामाङ, काले तामाङ र मन्जु नेपाली पनि कांग्रेसमा गएका छन् ।

पार्टी प्रवेश गर्दै उपाध्यक्ष श्रेष्ठले कांग्रेस बदलिएर आएको र देशलाई कांग्रेस उम्मेदवार अजयबाबु शिवाकोटी जस्तो स्वच्छ एवं भ्रष्टाचार विरोधी उम्मेदवार आवश्यक परेकाले आफूले यो निर्णय लिएको बताए । नवप्रवेशीहरूले कांग्रेसको विकासप्रतिको स्पष्ट भिजन र लोकतन्त्र रक्षाका लागि युवा नेतृत्वको आवश्यकता महसुस गर्दै पार्टी परिवर्तन गरेको उल्लेख गरे।

नवप्रवेशीहरूलाई प्रतिनिधि सभा उम्मेदवार अजयबाबु शिवाकोटी र समानुपातिक उम्मेदवार छिरिङ डोल्मा शेर्पाले खादा लगाएर स्वागत गरेका थिए । स्वागत कार्यक्रममा बोल्दै शिवाकोटीले ग्याल्पो ल्होसारको अवसरमा विगुका प्रभावशाली नेताहरू कांग्रेसमा आउनुले एमालेमा ‘भूकम्प’ गएको टिप्पणी गरे । उनले भने, “शेषनारायणजी सहितको टोलीले जुन आँट देखाएर कांग्रेस रोज्नुभयो, यसले दोलखामा कांग्रेसको विजयको ध्वजा फैलाउँदैछ भन्ने स्पष्ट सन्देश दिएको छ।”

कार्यक्रममा कांग्रेस दोलखाका सचिवद्वय सन्तोष पाठक ‘रन्जित’ र दावा साङ्गे लामासहित नेविसंघ र तरुण दलका नेता-कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो । निर्वाचन नजिकिँदै गर्दा दोलखाका विभिन्न गाउँमा कांग्रेस पार्टी प्रवेशको लहरले तीव्रता पाएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -