- ADVERTISEMENT -
- ADVERTISEMENT -

गोरखा–१ मा कांग्रेसको भरोसायोग्य उम्मेदवार, जीतको आधार थप मजबुत

January 30, 2026
55
Shares

गोरखा–१ मा कांग्रेसको भरोसायोग्य उम्मेदवार, जीतको आधार थप मजबुत

गोरखा, माघ १६, २०८२– गोरखा निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रेमकुमार खत्री लगातार जनताको भरोसाको केन्द्र बन्दै गएका छन्। भाषणभन्दा कामलाई प्राथमिकता दिने उनको व्यवहारले मतदातामा आकर्षण दिनप्रतिदिन बढ्दै गएको छ।

उम्मेदवार खत्रीले शिक्षा, स्वास्थ्य, महिला–युवा सशक्तिकरण, संस्कृति र रोजगारीका क्षेत्रमा पुर्‍याएको ठोस योगदानले गोरखावासीले प्रत्यक्ष अनुभूति गरेका छन्। स्वास्थ्य तथा सामाजिक सुरक्षामा उनले १३ वटा एम्बुलेन्स वितरण, दुर्गम बस्तीमा स्वास्थ्य शिविर सञ्चालन, निःशुल्क जाँच तथा औषधि सेवा उपलब्ध गराएका छन्। २५ हजार महिलालाई ‘Hygiene Kits’ वितरण, खानेपानी योजना सञ्चालन, भूकम्प र कोरोना महामारीमा उद्धार तथा राहत कार्य पनि उनले अगाडि बढाएका छन्।

विपन्न परिवारका लागि ७९ घर निर्माण गरी हस्तान्तरण गरिएको छ भने ७ वटा स्वास्थ्य चौकीमा सुविधासम्पन्न ल्याब र आवश्यक सामग्री उपलब्ध गराइएको छ।

शिक्षा क्षेत्रमा पनि उनले उल्लेखनीय योगदान दिएका छन्। ३० हजारभन्दा बढी विद्यार्थीलाई पोसाक, जुत्ता, झोला तथा स्टेशनरी वितरण गरिएको छ। आर्थिक रूपमा कमजोर बालबालिकालाई उच्च शिक्षा र आवासीय विद्यालय भवन निर्माणमा निरन्तर सहयोग गरिएको छ। विभिन्न विद्यालयमा विद्यार्थी हितका लागि अक्षयकोष स्थापना गरिएको छ।

महिला र युवा सशक्तिकरणतर्फ १५० महिला समूहलाई आयआर्जन, नेतृत्व विकास र आत्मनिर्भरता प्रवर्द्धनमा सहयोग गरिएको छ। १०५ युवा क्लबलाई खेलकुद सामग्री र आर्थिक सहायता प्रदान गरी नेतृत्व विकासमा जोड दिइएको छ।

संस्कृति र रोजगारी प्रवर्द्धनतर्फ पञ्चेबाजा, खैजडी भजनजस्ता मौलिक कला संरक्षण र कफी खेतीमार्फत ग्रामीण अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने स्वरोजगार सिर्जना अभियान समेत अघि बढाइएको छ।

जीतको समीकरण

स्थानीय राजनीतिक अवस्था, कांग्रेसको परम्परागत मताधार र उम्मेदवारको बढ्दो लोकप्रियता हेर्दा कांग्रेस उम्मेदवारको जित्ने सम्भावना ५५–६५ प्रतिशतभन्दा माथि आँकलन गरिएको छ। पछिल्लो समय अन्य पार्टीका संगठन कमजोर हुनु, नयाँ भनिएका पाटीका उम्मेदवार भरोसायोग्य नहुनु, पुराना पार्टीका अनुभवी नेता भए पनि लोकप्रिय  नभएका प्रतिस्पर्धामा हुनु, र जनसमर्थन कांग्रेसतर्फ सर्दै गएको कारण चुनाव कांग्रेस उम्मेदवारको पक्षमा सहज देखिएको छ।

आगमी चुनाबमा कांग्रेसले देशैभर १०० भन्दा बढी नयाँ अनुहारलाई पार्टीमा उभ्याउनु साथै कांग्रेस सभापती तथा भाबी प्रधानमत्री को रुपमा हेरिएका  सर्वप्रिय नेता गगन थापाको नेतृत्वमा कांग्रेसले आम मतदाताको भरोसा बढाएको छ। सामाजिक सर्भेक्षण तथा जनमतको अध्ययनले खत्रीको लोकप्रियता र जनसमर्थन लगातार बढिरहेको देखाएको छ।

गोरखावासीको नजरमा प्रेमकुमार खत्री केवल राजनीतिक नेता मात्र नभई, जनताको भरोसायोग्य अभिभावकका रूपमा स्थापित भइसकेका छन्।

- ADVERTISEMENT -