काठमाडौं । त्रिभुवन विश्वविद्यालयबाट भूगर्भशास्त्रमा स्नातकोत्तर गरेका भूगर्भविद् कविर शर्मा राष्ट्रिय गौरवका आयोजना मेलम्ची खानेपानी आयोजना र चमेलिया जलविद्युत् आयोजनामा काम गर्दै देशको पूर्वाधार विकासमा सक्रिय रहँदै आएका छन्। यी आयोजनामा संलग्नताका क्रममा उनले पूर्वाधार विकास, प्रकृति र प्रविधिबीचको अन्तरसम्बन्धबारे गहिरो व्यवहारिक ज्ञान हासिल गरेका छन्।
बाल्यकालदेखि नै अध्ययनमा अब्बल रहेका शर्मा युवावस्थादेखि अध्ययनसँगै राजनीतिमा पनि संलग्न रहँदै आएका हुन्। राजनीतिमा देखिने भद्दा आरोप–प्रत्यारोपबाट टाढा रहन रुचाउने उनी सभ्य, सुसंस्कृत र सकारात्मक राजनीतिक अभ्यासका पक्षधरका रूपमा परिचित छन्। सामाजिक न्याय, सुशासन र समावेशी विकास उनका राजनीतिक चासो र प्राथमिकतामा रहेको बताइन्छ।
बौद्धिक, ऊर्जावान र स्पष्ट दृष्टिकोणसहित आफ्ना एजेन्डामा दृढ रहने स्वभावका कारण कविर शर्मा संस्कारयुक्त युवा नेताका रूपमा चिनिँदै आएका छन्।
काठमाडौं क्षेत्र नं. २ अन्तर्गत मुलपानीमा जन्मिएका शर्मा शंकरापुर र कागेश्वरीदेखि काठमाडौं महानगरपालिकाका कोटेश्वर, गौशाला र रातोपुलसम्म जनताको घरदैलोमा पुगेर सामाजिक तथा विकास निर्माणसम्बन्धी गतिविधिमा निरन्तर सक्रिय छन्।
प्राज्ञिक ज्ञान, व्यवहारिक अनुभव र समाजसेवी क्रियाकलापका कारण जनमानसमा लोकप्रिय, कुशल र परिपक्व युवा नेताका रूपमा परिचित शर्मा आफ्ना अनुभव संसदसम्म पुर्याएर राष्ट्रको दिगो विकासमा योगदान गर्ने संकल्पसहित नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र काठमाडौं–२ बाट उम्मेदवार बनेका छन्।








































