- ADVERTISEMENT -
- ADVERTISEMENT -

कांग्रेस विशेष महाधिवेशन गर्न भृकुटीमण्डपमा ‘हल बुकिङ’

January 1, 2026
70
Shares

कांग्रेस विशेष महाधिवेशन गर्न भृकुटीमण्डपमा ‘हल बुकिङ’गरिएको छ !

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको तयारी तीव्र पारिएको छ । महाधिवेशन उद्घाटनका लागि पार्टी सभापति शेरबहादुर देउवालाई नै निम्तो दिने तयारी भइरहेको छ भने तयारी प्रक्रियामा महामन्त्री गगनकुमार थापा आफू निकट नेतासँग आन्तरिक छलफलमा जुटेका छन् ।

स्रोतका अनुसार कांग्रेस विशेष महाधिवेशन आयोजक समितिको नाममा काठमाडौंस्थित एक ठूलो हल बुक गरिएको छ । महाधिवेशन २७ र २८ गते दुई दिन सञ्चालन गर्ने गरी हल भाडामा लिइएको हो । दुई दिनको हल भाडा, हलसँगै प्रयोग गरिने बगैँचा र पार्किङ स्थलको शुल्कसहित करिब ८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

हल बुक गर्दा १ लाख ५७ हजार रुपैयाँ पेस्की तिरिसकिएको आयोजक समितिसँग सम्बन्धित स्रोतले जनाएको छ । बाँकी रकम महाधिवेशन नजिकिँदै गर्दा भुक्तानी गरिनेछ । महाधिवेशनका क्रममा सहभागीका लागि खानाको व्यवस्थापन, स्टेज, साउन्ड सिस्टम, सजावट लगायत सम्पूर्ण व्यवस्थापन एकै पटक सम्हाल्ने गरी इभेन्ट म्यानेजमेन्ट कम्पनीलाई जिम्मा दिने विषयमा छलफल भइरहेको छ ।

विशेष महाधिवेशनका लागि हल बुक गर्ने कार्यमा कांग्रेसका युवा नेता लेखनाथ पोखरेल स्वयं संलग्न भएका थिए ।

- ADVERTISEMENT -