नेकपा एमालेका नेता विष्णु रिमालले पार्टी ११ औँ राष्ट्रिय महाधिवेशनबाट अत्यन्त सौहार्द, मित्रवत् र स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व चयन भएको बताएका छन्।
उपमहासचिव र केन्द्रीय सदस्यमा समेत पराजित भएका रिमालले महाधिवेशनले जनताको बहुदलीय जनवादलाई व्यावहारिक रूपमा आत्मसात् गरेको बताएका छन्।
उनले भनेका छन्, ‘हाम्रो पार्टी नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशन भव्यता पूर्वक सम्पन्न भएको छ। जनताको बहुदलीय जनवादलाई व्यावहारिक रूपमा आत्मसात् गर्दै अत्यन्त सौहार्द, मित्रवत् र स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व चयन भएको छ।’
महाधिवेशनबाट नेतृत्वमा निर्वाचित सम्पूर्णलाई बधाई दिँदै महाधिवेशनमा भाग लिने सबै प्रतिनिधि धन्यवाद दिएका छन्।








































