नेकपा (एमाले) अध्यक्ष केपी शर्माले ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटको परिणाम पछि मात्रै आउने भएका छन् ।
बिहीबार सम्पादकसँगको संवादमा ओलीले देउवासँगको भेटमा संसद् पुनर्स्थापनालगायत राष्ट्रिय राजनीतिका समसामयिक विषयमा संवाद भएको र त्यसको परिणाम क्रमशः आउने बताए ।
पार्टीको आसन११औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनको प्रश्नमा उनले सहमति भएमा वा प्रतिनिधिले चुनेमा आफू पार्टीको अध्यक्षमा पुनः रहन सक्ने बताए ।
महाधिवेशनले यथास्थितिमा केही न केही परिवर्तन दिने र नेतृत्वमा क्रमशः पुस्तान्तरण तथा हस्तान्तरण हुने विश्वास व्यक्त गरे ।
कुनै पूर्वसर्त राखेर आफूले दबाबमा काम नगर्ने स्पष्ट गर्दै बाहिर बाहिर प्रस्ताव दिनुभन्दा पार्टीभित्र बसेर सहमतिको पहल गर्न वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतका नेताहरूलाई आग्रहसमेत गरे ।
एमाले लामो इतिहास भएको र जनतामा भिजेको पार्टी भएकाले यसले कुनै स्टन्टका लागि काम नगरी देश बनाउने मार्गमा आफूलाई सक्रिय बनाइरहेको दाबी गरे ।








































