Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:०५:३२ बिहान
- ADVERTISEMENT -

रवि र छविको मुद्दाको सुनुवाइ फेरि स्थगित

प्रकाशित मिति: २०८२ मंसिर ११, बिहीबार

90
Shares

सहकारीमा बचतकर्ताको रकम अपचलन र संगठित अपराध अभियोगमा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ फेरि स्थगित भएको छ ।

लामिछानेका कानून व्यवसायी महेन्द्र पाण्डेले अस्वस्थताको कारण सुनुवाइ स्थगित गर्न माग गरेपछि पेशी स्थगित भएको उच्च अदालत तुलसीपुर इजलास बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए । 

रवि र छविको मुद्दा हरेक बिहीबार सुनुवाइका लागि पेशी तोकिँदै आएको थियो । आउँदो बिहीबार सार्वजनिक बिदा भएकाले अब सुनुवाइ दुई साता पर धकेलिएको छ । 

रास्वपा सभापति लामिछानेले आफ्नो भागको बिगो दाखिला गरेर सहकारी ठगीको मुद्दाबाट छुटकारा दिन माग गर्दै निवेदन दिएका थिए । 

बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्छुभन्दा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए । 

यसअघि लामिछाने र जोशीको एकै प्रकृतिका मुद्दा भएकाले एकैसाथ राख्न आदेश गरेको थियो । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी ठगीमा लामिछानेसहितका प्रतिवादीलाई १० करोड रूपैयाँ सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको छ । 

जेन–जी प्रदर्शनका क्रममा उच्च अदालत तुलसीपुर बुटवल इजलासमा आगजनी र तोडफोड भए पनि लामिछाने र जोशी दुवैको मुद्दाको फाइल बचेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -