प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको वातावरण बनाउन राजनीतिक दल र जेनजीसँग छलफल गर्न लागेकी छन्। बुधबार दिउँसो ४ बजे बालुवाटारमा उनले निर्वाचनका लागि विश्वासको वातावरण बनाउन राजनीतिक दल र जेनजी प्रतिनिधिसँग छलफल गर्न लागेकी हुन्।
छलफलमा सरकारको तर्फबाट प्रधानमन्त्री कार्कीसहित गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल सहभागी हुनेछन्। यस्तै राजनीतिक दलबाट १६ जना र १४ जना जेनजी प्रतिनिधि सहभागी हुने प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए
यसअघि कात्तिक ४ गते सरकार र राजनीतिक दलबीच छलफल भएको थियो। छलफलमा दलहरूले सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने माग राखेका थिए भने सरकारले त्यसका लागि प्रतिबद्धता व्यक्त गरेको थियो।








































