गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् ।
बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग र सेनाका प्रतिनिधिसँग पछिल्लो राजनीतिक घटनाक्रम र विपद् व्यवस्थापनका सम्बन्धमा छलफल गरेका हुन् ।
छलफलमा प्रहरी प्रमुख चन्द्र कुबेर खापुङ, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालसँगै राष्ट्रिय अनुसन्धान विभाग र सेनाका प्रतिनिधि सहभागी थिए ।








































