मिस ग्राण्ड नेपाल २०२५ विजेता चाहना प्रधान अभिनीत पहिलो अफिसियल म्युजिक भिडियो “चलन चल्तिमा” आज सार्वजनिक भएको छ।
आधुनिक जीवनशैलीमा प्रेम पैसा मुखी बन्दै गएको अवस्थालाई चित्रण गरिएको यो भिडियोमा चाहनाले आफ्ना भावनात्मक अभिनय मार्फत दर्शकको मन जितेकी छन्।

गायक रूपक डोटेल र गायिका नीरू घिमिरेको स्वर, मुनालशिशिर कोइरालाको शब्द र दीपकराज विष्टको सङ्गीतमा बनेको यो गीतलाई विकल्प क्रियसन को अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। भिडियोमा चाहनासँगै सुधिर श्रेष्ठ, गौरव हमाल र प्रीतिका शर्माको समेत दमदार अभिनय रहेको छ।
मिस ग्राण्ड नेपाल २०२५ बाट दर्शकदृष्टि तानेकी चाहनाले यस म्युजिक भिडियोमार्फत आफ्नो अभिनय यात्रा सुरु गरेकी हुन्। उनको भनाइअनुसार, अभिनयमार्फत चोखो माया बुझाउने प्रयास गरिएको यो गीत छोटो समयमा नै दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।
Video Link:








































