सेयर बजारमा दोस्रो नेगेटिभ सर्किट ब्रेक लागेको छ । पहिलो नेगेटिभ सर्किट लागेको २० मिनेटपछि खुलेको कारोबारमा पुनः अर्को नेगेटिभ सर्किट लागेको हो । दोस्रो नेगेटिभ सर्किटसँगै सेयर कारोबार ४० मिनेटका लागि बन्द भएको छ ।
कारोबार खुलेको २ मिनेटमै बजार १०७ अंक (४ प्रतिशत)ले घटेको थियो । पुनः कारोबार खुलेसँगै २ मिनेटमै २६ अंक (१ प्रतिशत)ले घट्यो । जससँगै बजार १३३.६१ को बिन्दुमा ओर्लिएको छ । जेनजी आन्दोलनपछि बिहीबार पहिलो पटक कारोबार खुलेको हो ।








































