Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:३४:१४ बिहान
- ADVERTISEMENT -

लिपुलेक, कालापानी, लिम्पियाधुराका सन्दर्भमा भारतसँग कुरा गर्नेछौं : प्रधानमन्त्री ओली

प्रकाशित मिति: २०८२ भदौ २०, शुक्रबार

143
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, कालापानी, लिम्पियाधुराका सम्बन्धमा भारतसँग नै कुरा गर्नुपर्ने बताएका छन् ।

नेपालका लिपुलेक, कालापानी, लिम्पियाधुरा भारतीय सेनाको नियन्त्रणमा रहेको भएकाले नेपालले भारतसँग नै कुरा गर्नुपर्ने ओलीको भनाइ थियो ।

एमालेको दोस्रो विधान महाधिवेशनको शुक्रबार उद्घाटन गर्दै ओलीले कालापानी क्षेत्रको सीमा विवादबारे भारतसँग कुरा गर्ने बताएका हुन् । ‘हामी भारतसँग पनि कुरा गर्नेछौं, यो समस्याको समाधान गर्नुपर्ने त भारतसँग नै हो,’ लिपुलेक भएर चीन र भारतबीच व्यापार गर्नेबारे भएको सम्झौताबारे चीनका राष्ट्रपति सी चिनफिङको कुरा उल्लेख गर्दै ओलीले भनेका हुन् ।

चीनका राष्ट्रपति सीले कालापानी क्षेत्रको विवाद नेपाल र भारतबीचको भएको बताएको पनि ओलीले उल्लेख गरेका छन् । ‘चिनियाँ राष्ट्रपतिले हामी नेपालको सार्वभौमसत्ताको पूरा सम्मान गर्छौं । यसबाट तपाईंहरूलाई जुन आशंका रहेको छ, यसमा हाम्रो ध्यान छ । तपाईंहरूको राष्ट्रको सार्वभौमसत्तामा तलमाथि पर्नेछैन,’ चिनियाँ राष्ट्रपतिको भनाइ उद्धृत गर्दै ओलीले भने, ‘त्यसमा हामी सम्पूर्ण रुपमा समर्थन गछौं । यो सिमानाको विषय नेपाल र भारतको विषय हो । तपाईंहरूले वार्ताद्वारा कूटनीतिक माध्यमबाट समाधान गर्नुहुन्छ भन्ने हामीले विश्वास गरेका छौं ।’ ओलीले राष्ट्रको इज्जत, प्रतिष्ठा र हितमा केन्द्रित भएर विदेश भ्रमण गर्ने गरेको बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -