नेपाली बजारमा सुनको मूल्यले दिनहुँ रेकर्ड बनाइरहेको छ ।
शुक्रबार पनि छापावाल सुन तोलामा २ हजार ५ सय रुपैयाँले बढेर २ लाख १० हजार ४ सयमा कारोबार भइरहेको छ । जुन अहिलेसम्मकै उच्च मूल्य भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत हप्ताको शुक्रबारदेखि लगातार बढिरहेको सुनको मूल्य बिहीबार भने २ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार हुँदै स्थिर रहेको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी २ हजार ४ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।








































