Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:१४:४८ दिउँसो
- ADVERTISEMENT -

एमाले महाधिवेशन तयारी गर्न समन्वय संयन्त्रको बैठक

प्रकाशित मिति: २०८२ भदौ १३, शुक्रबार

120
Shares

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशनको तयारी तीव्र पारिएको छ । महाधिवेशन आउन सात दिनमात्र बाँकी छँदा तयारीलाई तीव्र पारिएको हो । 

पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा आज महाधिवेशन तयारीका लागि केन्द्रीय जनसङ्गठन समन्वय संयन्त्रको बैठक सम्पन्न भएको छ ।

बैठकमा संयन्त्रका संयोजक भानुभक्त ढकालले हालसम्मको काम र बाँकी तयारीबारे ‘ब्रिफिङ’ गर्नुभयो । उहाँले आसन्न दोस्रो विधान महाधिवेशनलाई लक्षित गर्दै जनसङ्गठनहरूको सक्रिय भूमिका सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।

बैठकमा महाधिवेशनलाई सफल बनाउन सङ्गठनात्मक तयारी, प्रचारप्रसार, मिडिया सेन्टर स्थापना, स्वयंसेवक व्यवस्थापन, सबै जनसङ्गठनहरूको व्यापक सहभागिताका विषयमा छलफल गरिएको संयोजक ढकालले जानकारी दिनुभयो । उहाँले विधान महाधिवेशन एमालेको नीति र सङ्गठनात्मक यात्रामा महत्त्वपूर्ण मोड भएको भन्दै सबै जनसङ्गठनका प्रतिनिधिहरूलाई सक्रिय रहन आग्रह गर्नुभयो । 

बैठकमा एमालेका सबै जनसङ्गठनका अध्यक्ष र इञ्चार्जको सहभागिता थियो । 

विधान महाधिवेशन आगामी भदौ २० देखि २२ सम्म ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य !’ भन्ने मूल नारासहित ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा हुँदैछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -