Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:१३:१७ बिहान
- ADVERTISEMENT -

रौतहटमा महिलाको शव सुटकेसभित्र, हत्याको आशंका

प्रकाशित मिति: २०८२ भदौ ८, आइतबार

245
Shares

रौतहटमा एक महिलाको शव सुटकेसभित्र ‘प्याक’ गरेको अवस्थामा फेला परेको छ । उक्त शव गौर नगरपालिका–२ मा बस्दै आएकी करिब २६ वर्षीया रुवी शाह सुडीको रहेको खुलेको मधेस प्रदेश प्रहरी प्रमुख एवं डीआईजी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

रुवीको शव गौर–९, स्थित सिरसिया सडकखण्डमा सुटकेसभित्र प्याक गरेर राखेको अवस्थामा प्रहरीले फेला परेको थियो । रौतहटकै माधवनारायण नगरपालिका–६ माइती भएकी रुवीले भारतमा विवाह गरेको खुलेको छ ।

पछिल्लो समय उनी चार वर्षीय छोरालाई पढाउन गौर–२, महादेवपट्टीमा डेरामा बस्दै आएकी थिइन् । प्रहरीका अनुसार, सुटकेसभित्र कुहिनो र घुँडा जोडेर डोरीले बाँधेको अवस्था शव फेला परेको हो ।

प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । घटनास्थल शव भेटिएको ठाउँभन्दा टाढा भएको प्रहरीले आशंका गरेको छ ।

डीआईजी चतुर्वेदीले बाह्रखरीसित भने, ‘‘शव फेला परेको स्थाननजिक घटनास्थलजस्तो देखिँदैन । भारतीय सीमाभन्दा करिब दुई किलोमिटर वर मात्रै शव फेला परेको हो । हामी थप अनुसन्धानकै क्रममा छौँ । भारतीय प्रहरीसित समेत सहकार्य गर्नुपर्ने देखिन्छ ।’’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -