Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:२७:३८ दिउँसो
- ADVERTISEMENT -

पत्नी सुनिताको कारण मानसिक तनावमा गोविन्दा

प्रकाशित मिति: २०८२ भदौ १, आइतबार

285
Shares

 पछिल्लो समय बलिउड अभिनेता गोविन्दा निकै समस्यामा छन् । घरायसी तनावका कारण उनी विगतको जस्तो खुसी हुन सकेका छैनन् । गोविन्दाकी पत्नी सुनिता आहुजा केही समय यताबाट मादक पदार्थको लतमा परेको सामाचारहरु बाहिर आएका छन् । जसका कारण गोविन्दा निकै तनावमा रहेको पनि रिपोर्टहरूमा उल्लेख छ ।

बिस्तारै घरमा आर्थिक समस्या बढ्दै गएपछि गोविन्दा आजकाल ठुला मात्र हैन, साना सहरमा पनि स्टेजका कार्यक्रममा आफ्नो प्रस्तुति दिन पुग्ने गरेका छन् । यही स्टेज कार्यक्रमको आम्दानीले उनले अहिले आफ्नो घर खर्च चलाइरहेका छन् । पत्नीलाई पनि खर्च उनले नै दिनु परेको छ ।

यता पत्नी सुनिता आहुजा कुनै न कुनै कारणले विवादित रुपमा समाचारमा आउने गरेकी छिन् । उनले कहिलेकाहीँ गोविन्दको ’boutमा पनि मिडियाको सामु टिप्पणी गर्न थालेकी छिन् । केही दिन अघि मात्र उनले रक्सी किनेर घर लगेको भिडियो बाहिर आएको थियो । त्यो भिडियोका कारण उनी ट्रोल बनेकी थिईन् । त्यो भिडियोमा प्रतिक्रिया दिने क्रममा प्रशंसकहरूले गोविन्दाको प्रशंसा गर्दै धेरैले उनलाई भाउजूको रूपमा सम्बोधन गरेका थिए । साथै रक्सी सेवन नगर्न पनि सुनितालाई सुझाव दिएका थिए ।

सुनिताले यसैबिच आफ्नो युट्युब च्यानलमा आफू रुँदै गरेको भिडियो शेयर गरेकी छिन् । अहिले उनको यो भिडियो भाइरल भइरहेको छ । इन्स्टाग्राममा सुनिताको केही भिडियो क्लिपहरू पनि अहिले भाइरल भइरहेका छन् । जसमा विभिन्न प्रकारका टिप्पणी अएको छ ।

सुनिताले आफू लक्ष्मी माताको भक्त रहेको बताएकी छिन् । आफूले मातामा विश्वास गर्ने भएकाले आफूलाई कसैले पनि नराम्रो गर्न नसक्ने बताएकी छिन् । आफ्नो परिवार बिगार्न केही मानिसहरू लागि परेको आरोप सुनिताले लगाएकी छिने । तर लक्ष्मीको कृपाले आफ्नो घरबार नबिग्रने पनि उनले दाबी गरेकी छिन् । आफूलाई रुवाउने लाई लक्ष्मी माताले सजाए दिने पनि सुनिताले बताएकी छिन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -