Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०५:३८ दिउँसो
- ADVERTISEMENT -

संसदका महासचिव पाण्डेको बयानः कुलिङ अफ पिरियडमा दबाब दिएको देखिए सजाय भोग्न तयार छु

प्रकाशित मिति: २०८२ साउन २०, मंगलबार

185
Shares

संघीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयले संघीय निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी विवाद नियतवश नभई मानवीय त्रुटिका कारण भएको दाबी गरेका छन् । छानबिन समितिसमक्ष बयान दिँदै उनले आफूलाई विधेयकको दफा ८२ को उपदफा ४ मा गरिएको ५ नम्बर थपिएको कुरा पनि मिडियामार्फत मात्रै थाहा भएको बताए ।

‘विधेयकमा उपदफा थपिएकोबारे समाचार हेरेपछि मात्र जानकारी पाएँ । यसरी किन थपियो भन्ने मलाई थाहा भएन । यो उपदफा थपिएपछि त्यसको प्रभावबारे विश्लेषण गर्नुपर्ने हुन्छ ।’ उनले भने ।

महासचिव पाण्डेयले विधेयक तयारी प्रक्रियामा गल्ती भएको भए पनि त्यो जानाजानी नभएको बयानका क्रममा प्रष्ट पारेका छन् । ‘यसमा कर्मचारीले राजनीतिज्ञलाई र राजनीतिज्ञले कर्मचारीलाई आरोप लगाउने अवस्था आएको छ । यसरी गल्ती भयो भने सबै जिम्मेवार हुन्छन् । यो मानवीय त्रुटि हो, नियतवश गरिएको होइन ।’ उनले स्पष्ट पारे ।

बयानमा पाण्डेयले प्रतिवेदन तयार गर्दा समन्वयको आवश्यकता रहेको बताउँदै भने, ‘प्रतिवेदन लेख्ने काम समितिका सचिवकै हो । उसले अरूको सहयोग लिन सक्छ तर अन्तिम प्रतिवेदन कानून मन्त्रालयलाई जाँच्न दिनुपर्छ, तर त्यसमा थपघट गर्ने छुट हुँदैन । सिलबन्दी प्रक्रियालाई पनि यथार्थ ढंगले पुष्टि गर्नुपर्ने आवश्यकता छ ।’ उनले भने । उनले आफूले ‘कुलिङ अफ पिरियड’ विषयमा कुनै दबाब नदिएको स्पष्ट पारे । ‘कुलिङ अफ पिरियडको सम्बन्धमा मैले कुनै दबाब दिएको छैन । यदि दिएको देखियो भने म सजाय भोग्न तयार छु ।’ पाण्डेयले भने ।

महासचिव पाण्डेयका अनुसार संसदको प्रतिवेदनमा त्रुटि आउँदा संसद र कर्मचारी दुवैको इज्जतमा प्रश्न उठ्ने भएकाले जिम्मेवारी सबैको हुने बताउँदै भने, ‘प्रतिवेदन पढ्दैमा सबै कुरा थाहा हुँदैन । उपसमितिले पास गरेको विषयमा कसैको नियत छैन भन्ने मलाई लाग्छ । म संघीय संसदको प्रशासनिक प्रमुख भएकाले नैतिक जिम्मेवारी लिन्छु ।’ उनले जोड दिए । छानबिन समितिले २०८२ साउन ६ गते उनको बयान लिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -