Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:३१:४९ बिहान
- ADVERTISEMENT -

लागू औषधमुक्त बनाउने गरी काम गर्न गृहमन्त्री लेखककाे निर्देशन

प्रकाशित मिति: २०८२ साउन १६, शुक्रबार

186
Shares

गृहमन्त्री रमेश लेखकले मुलुकलाई लागू औषध मुक्त बनाउने गरी प्रभावकारी ढंगले काम गर्न प्रहरीलाई निर्देशन दिएका छन्।

शुक्रबार काठमाडौंकाे काेटेश्वरस्थित लागू औषध नियन्त्रण ब्युरोकाे कार्यालय निरीक्षणका क्रममा गृहमन्त्री लेखकले लागू औषधकाे उत्पादन, भण्डार र प्रयोग ठूलाे चुनाैतिका रुपमा देखिएकाे बताएका हुन्।

‘लागू औषधकाे प्रयोगले सडक दुर्घटना, आत्महत्या र साइबर क्राइमका अपराधलाई पनि उत्पति गर्छ। त्यसैले हामीले एक वर्षमा लागू औषधविरुद्धकाे महाअभियान लागू गरेका थियौं। त्याे अभियान सार्थक भएको छ,’ उनले भने।

विगतका वर्षमा भन्दा पछिल्लो एक वर्षमा लागू औषध नियन्त्रणमा प्रगति भएको गृहमन्त्री लेखकले बताए।

‘आगामी दिनमा थप प्रभावकारी ढंगले याे चुनाैतिकाे सामना गर्नु छ। स्राेत साधानकाे कमी भएपनि चहाँदा धेरै काम गर्न सकिन्छ। त्याे याे एक वर्षमा देखिएको छ,’ उनले भने।

लागू औषधकाे विगविगी देखिएको भन्दै यसविरुद्धकाे अभियानमा सबैकाे सहयोग आवश्यक रहेकाे उनको भनाइ छ।

‘खास गरेर युवाहरूमा यसकाे लत देखिएको छ। देशकाे भविष्य जाेडिएकाे युवा शक्ति लागू औषधमा फसकाे देखिएकाे छ,’ उनले भने, ‘लागू औषधविरूद्धकाे महाअभियानले परिणाम ल्याएको छ। लागू औषधकाे अपराधमा संलग्नलाई कारबाही गरेर मात्र पुग्दैन। लागू औषधविरुद्ध अभियान चलाउन आवश्यक छ। याे प्रहरीको मात्र हाेइन। सबै मानिसकाे जिम्मेवारी हाे।’

यस्तै गृहमन्त्री लेखकले लागू औषध ब्युरोलाई विभागकै रुपमा विकास गर्ने प्रतिबद्धता जनाए।

‘लागू औषध ब्युरोलाई विभागका रुपमा विकास गर्ने मैले प्रतिबद्धता जनाएको छु। मन्त्रालयबाट हुने सहयोग हुन्छ,’ उनले भने।

गृहमन्त्रीले लागू औषध ब्युरोलाई विभागका रुपमा विकास गर्नका लागि तयारी अगाडि बढाउन प्रहरी महानिरीक्षक दिपक थापालाई निर्देशन दिए। कार्यक्रममा महानिरीक्षक थापाले लागू औषध ब्युरोलाई विभागका रुपमा विकास गर्ने गृहमन्त्रीकाे प्रस्ताव सराहनीय रहेको बताए।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -