Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:५९:४९ दिउँसो
- ADVERTISEMENT -

रास्वपाले तीन करोडभन्दा बढी हस्ताक्षर पुर्‍याउलान् भन्ने डर छ: प्रधानमन्त्री ओली

प्रकाशित मिति: २०८२ साउन १३, मंगलबार

160
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँधिएको भन्दै गराइरहेको हस्ताक्षर क्याम्पेनप्रति टिप्पणी गरेका छन्।

मंगलबार कैलालीमा रानी जमरा कुलरिया सिँचाइ आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले रास्वपाले तीन करोडभन्दा बढी हस्ताक्षर पुर्‍याउने हो कि भनेर डर लागेको भन्दै कटाक्ष गरेका हुन्।

‘विभिन्न प्रकारका अपराध गर्‍यो अनि सरकारलाई गाली गर्‍यो। सरकार अदालत होइन, अदालतले थुन्छ कि छोड्छ सरकारको हातमा हुँदैन। ठगी गरेपछि अदालतले थुन्छ त हामी के गर्नु! गर्ने बेलामा नचाहिने काम गर्ने, अनि पछि लौ प्रतिशोध! केको प्रतिशोध? तथाकथित हस्ताक्षर क्याम्पेन, मलाई डर लागेको छ, तीन करोडभन्दा माथि हस्ताक्षर क्याम्पेन गयो भने, म उहाँहरूलाई सचेत गराउन चाहन्छु, हस्ताक्षर क्याम्पेन बढ्दै जाँदा तीन करोडभन्दा माथि नपुगोस् है, त्यसभित्रै राख्नुहोला। दुई चार जनालाई सही गरायो, घरमा गएर दनादन..!,’ उनले भने।

उनले सभापति रवि लामिछानेको नाम नलिई आफूले उपप्रधानमन्त्री, गृहमन्त्री बनाएको बताए। राजनीतिमा पनि आफूले नै ल्याएको दाबी गरे।

‘मैले ल्याएको राजनीतिमा, केको प्रतिशोध? के साँध्नु थियो? असभ्य ढंगले बोलेको छ!,’ उनले भने।

उनले नयाँ दलहरू अर्काले लडेर, निर्वासनमा बसेर, जेलनेल भोगेर, पिटाइ–यातना, क्षति, बलिदान सहेर ल्याएको लोकतन्त्रमा तर मारेको टिप्पणी गरे।

‘तर माराहरू, व्यवस्था विरोधी तरमाराहरू। तसर्थ भ्रममा नपरिकन, हाम्रो देश हामीले विकास गर्नुपर्छ,’ उनले भने, ‘स्ट्याटस लेख्न पाए भयो। एकछिन बुरुक्क उफ्रिएर गाली गर्न पाए भयो। हाम्रो सभ्यता, सामाजिक सभ्यता, सामाजिक मर्यादा, सामाजिक संस्कृति, यसमाथि ख्याल नगरेर, यसमाथि धावा बोल्न पाए भयो। झूट र भ्रम फिँजाउन पाए भयो। हामी त्यस्ता कुरामा ध्यान दिँदैनौं।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -