Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:३६:३१ दिउँसो
- ADVERTISEMENT -

धनपालथान नाबालिका हत्या प्रकरण : काकातर्फ सोझियो अनुसन्धान !

प्रकाशित मिति: २०८२ असार १५, आइतबार

218
Shares

मोरङको धनपालथान गाउँपालिका–५, की ७ वर्षीया नाबालिकाको हत्या प्रकरणमा प्रहरीले काकाविरुद्ध हाडनाता करणी र कर्तव्य ज्यानको अभियोगमा मुद्दा चलाउने तयारी गरेको छ । प्रहरीले मृतक नाबालिकाका मावलीपट्टिका काका पर्ने अनिष सरदारविरुद्ध अदालतबाट म्याद थप गरेर अनुसन्धान गर्ने तयारी गरेको हो ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार, पीडितको किटानी जाहेरीका आधारमा अनुसन्धान अगाडि बढाइएको हो । प्रहरीका सोधपुछका क्रममा अनिषले घटना भएको दिन मदिरा सेवन गरेको स्वीकारेका छन् । तर, घटनामा संलग्नता स्वीकार गरेका छैनन् । 

विभिन्न मेडिकल रिपोर्ट र प्रमाणको आधारमा अनुसन्धानबाट वास्तविकता खुल्ने चुँडालको भनाइ छ । “काकाकै संलग्नता हो कि भन्ने आशंका छ । तर, त्यो प्रमाणसहित पुष्टि गर्नुपर्ने हुन्छ,” चुँडालले भनिन् ।

नाबालिकाको शवको पोस्टमार्टमका लागि विराटनगरस्थित कोसी अस्पताल लगिएको छ । पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि घटनाबारे थप खुल्ने प्रहरीको विश्वास छ ।

हजुरआमालाई जिम्मा लगाएर मृतक बालिकाका आमाबुवा आफन्तकहाँ गएको बेला बालिका हराएकी थिइन् । उनको शव शनिबार बिहान घरनजिकै फेला परेको थियो ।

घटनापछि मृतक बालिकाका आफन्त स्तब्ध बनेका छन् । पीडित परिवारकी आफन्त अमृताकुमारी चौधरीले गाउँभर त्रास फैलिएको बताइन् ।

“घटना अत्यन्त दर्दनाक छ । निष्पक्ष अनुसन्धान होस् र दोषीलाई कानुनी कारबाही होस् भन्ने हाम्रो चाहना हो,” उनले भनिन् ।

प्रहरीले प्राप्त प्रमाण, अनुसन्धानको निष्कर्ष र मेडिकल रिपोर्टको आधारमा अनिषविरुद्ध मुद्दा अगाडि बढाउने तयारी गरिरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -