Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:४०:४५ बिहान
- ADVERTISEMENT -

दीर्घकालीन आर्थिक विकासलाई मद्दत पुग्ने अनुदान मात्रै लिनुपर्छ : जनार्दन शर्मा

प्रकाशित मिति: २०८२ असार ११, बुधबार

153
Shares

पूर्व अर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले नीतिगत हस्तक्षेपबाट मुक्त भएर लगानी गर्न सक्ने अनुदान मात्रै लिनुपर्ने बताएका छन् । 

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नीतिगत हस्तक्षेपबाट मुक्त भएर लगानी गर्न सक्ने अनुदान मात्रै सरकारले लिनु उचित हुने बताएका हुन् ।  

उनले नेपालले पैसामा लगानी गर्ने नभई नीतिमा लगानी गर्ने गरेको बताए  । सरकारले लिएका बढी अनुदानहरू नीतिगत हस्तक्षेपको रूपमा आउने गरेकाले नेपालले भनेअनुसार विकास गर्न नसकेको जिकिर गरे । 

आफूले भनेअनुसार लगानी गर्न नपाउँदा देशको आवश्यकताअनुसार चल्न नसकिएको उनेको भनाइ छ । राष्ट्रियता, सार्वभौमिकताको प्रश्नमा तलमाथि नहुने गरीको सहायता स्वीकार गर्न जरुरी रहेको बताए । दीर्घकालीन आर्थिक विकासलाई मद्दत पुग्ने कुराहरू मात्रै स्वीकार गर्न आवश्यक रहेको बताए ।  

पूर्व अर्थमन्त्री शर्माले भने, ‘हाम्रो लगानी पैसामा होइन, नीतिमा हुँदो रहेछ । नीतिगत हस्तक्षेपको रूपमा आउँदो रहेछ । हामी स्वतन्त्रै छैनौँ । हामीले भनेअनुसार लगानी गर्न पाउने कुरा होइन रहेछ । के हो त्यो भनेअनुसार गर्नुपर्ने । हाम्रो देशको आवश्यकतामा हामीले हाम्रो देशको अर्थतन्त्रलाई रक्षा गर्न केही निर्णय गर्‍यो भने यति दबाब, यति हस्तक्षेप, नीतिगत हस्तक्षेपबाट मुक्त स्वतन्त्र ढंगले लगानी गर्न सक्ने फण्ड लिने हो हामीले । 

तर सबै कुरा बाँधिएका छन् । नीतिगत यस्ता विषय छन् जसले हामीलाई आफ्नो भएको कुरा पनि प्रयोग गर्न नसक्ने अवस्थामा पुर्‍याउने कुराबाट मुक्त हुनुपर्छ । हाम्रो राष्ट्रियता, सार्वभौमिकताको प्रश्नमा तलमाथि नहुने गरीको सहायता हामीले स्वीकार गर्ने हो । नीतिगत रूपले भन्दा दीर्घकालीन आर्थिक विकासलाई मद्दत पुग्ने कुराहरू हामीले लिने हो ।’

पूर्व अर्थमन्त्री शर्माले आफ्नो ढंगले सञ्चालन गर्न नसक्ने, नपाउने र नेपालको अवस्थालाई सुधार गर्ने भन्दा त्यही ऋणमा परेर अझ समस्यामा पर्ने हो भने ती कुराहरू आवश्यक नरहेको बताए  । नेपालको लगानी जरामा नभई पातमा भइरहेको जिकिर गरे । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -