नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनको आज सुनुवाइ हुनेछ।
गभर्नर पौडेलको योग्यता र नियुक्ति प्रक्रियामा प्रश्न उठाउँदै परेको रिटमा आज दोस्रो पटक सुनुवाइ हुन लागेको हो।
निवेदकले गभर्नर पौडेललाई नयाँ नोटको प्रचलनमा हस्ताक्षर गर्नबाट रोक्न माग गर्दै रिट दायर गरेका छन्। निवेदकका अनुसार, पौडेलको नियुक्ति राजनीतिक दलबाट सिधै गरिएको हो, जुन नेपाल राष्ट्र बैंक ऐन, २०५८ को विपरीत छ। यसैको आधारमा अधिवक्ताहरू अनन्तराज लुइँटेल, प्रतिभा उप्रेती र विशाल थापाले रिट दायर गरेका छन्।
डा. पौडेल जेठ ६ गतेदेखि नेपाल राष्ट्र बैंकका गभर्नरको रूपमा नियुक्त भएका थिए।








































