नेकपा एमालेका महासचिव शंकर पोखरेलले सडकबाट राजा ल्याउन कुरा सम्भव नरहेको बताएका छन्। बुधबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले जनताको विकल्प अरु कुरा हुन नसक्ने बताए।
‘बेबी किङका सन्दर्भमा राजतन्त्र भएका बेला विभिन्न तर्क भए होलान्। तर, अहिले गणतन्त्र र जनताको युग हो। जनताको विकल्प अरु कुरा कुनै पनि हिसाबले सम्भव छैन,’ उनले भने, ‘संविधानको फैसला सडकबाट बदल्ने कुरा मुर्खतामात्र हो। सडकबाट राजा ल्याउने कुरा न आज सम्भव छ न भविष्यमा।’








































