नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले कांग्रेस नेता डा. शशांक कोइरालालाई काउन्टर दिदै तपाइँले पाएका उपहारको विषयमा प्रश्न उठाउन नपरोस् भन्दै चेतावनी दिएका छन् ।
शशांकले गृहमन्त्री रमेश लेखकको बचाउ गर्दै उनको राजीनामा माग्ने सांसद राजेन्द्र बजगाई र सुनिल शर्मालाई पार्टीले स्पष्टीकरण सोध्नुपर्ने बताएपछि सांसद बजगाईले यस्तो चेतावनी दिएका हुन् ।उनले भनेका छन्- ‘मलाई एसयूभी उपहारहरू (एउटा किआ, दुई महिन्द्रा), सुनको रोलेक्स, नगदले भरिएको डफल झोला, तथाकथित ‘घरको मर्मतसम्भार’, वा राजनीतिक पदहरूको लेनदेनमाथि प्रश्न उठाउनु नपरोस् भन्ने कामना गर्दछु ! तपाईंलाई अनिवार्य रूपमा स्पष्टीकरण सोधिनेछ ।’
कांग्रेसको सोमबार बिहान बसेको पदाधिकारी बैठकमा गृहमन्त्री लेखकको राजीनामा माग्ने सांसदहरुलाई स्पष्टीकरण सोध्ने विषय उठेपनि सभापति शेरबहादुर देउवाले भने खासै चासो नलिएको बताइएको छ ।








































