राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) रवि लामिछानेलाई थुनामा पठाइएको मुद्दाको अभियोग पत्रमै बचतकर्ताको रकम किर्ते गरी राखेको पाइएको छ ।
रुपन्देही प्रहरीको अनुसन्धानपछि सरकारी वकिलले अदालतमा पेश गरेको अभियोग पत्रमा उल्लेख गरिएको बचत रकम भन्दा बचतकर्ताको रकम कम भएको बचतकर्ताले नै बताउन थालेका छन् ।
अदालतमा पेश गरिएको अभियोग पत्रमा सहकारी पीडित चञ्चला सेठियाको बचत रकम २२ लाख ४६ हजार ६ सय ३८ रुपैयाँ उल्लेख गरिएको छ । तर आफ्नो बचत रकम जम्मा १२ लाख भएको सेठियाले बताएकी छिन् । अभियोग पत्रको १३ नम्बर पेजमा उनको बचत रकम लेखिएको छ ।
उनको भनाई अनुसार वास्तविक बचत भन्दा १० लाख ४६ हजार बढी रकम उल्लेख गरेर अभियोग पत्र पेश भएको छ ।
यस विषयमा रुपन्देही प्रहरीले भने यस अघिनै अनुसन्धान भएर अदालतमा विचाराधीन विषय भएकाले अहिले थप भन्न नसकिने बताउँदै आएको छ ।








































