Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०८:४० दिउँसो
- ADVERTISEMENT -

किन रोकियो राज्यमन्त्रीको शपथ र मन्त्रिपरिषद् बैठक ?

प्रकाशित मिति: २०८२ वैशाख १९, शुक्रबार

164
Shares

मन्त्रिपरिषद्को बैठक र राज्यमन्त्रीको शपथ ग्रहण कार्यक्रम स्थगित भएको छ। बिहान १० बजे हुने भनिएको बैठक तत्कालका लागि स्थगित गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।

साथै नवनियुक्त ऊर्जा राज्यमन्त्रीको शपथ ग्रहण कार्यक्रम पनि रोकिएको छ। सरकारले हिजो नेपाली कांग्रेसका खमबहादुर गर्बुजालाई ऊर्जा राज्यमन्त्री नियुक्त गरेको थियो। आज १० बजे शपथग्रहण भनिएकामा त्यो पनि स्थगित भएको छ। 

अचानक पूर्व निर्धारित कार्यक्रम किन रोकियो भन्ने चासोको विषय बनेको छ। प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईँ प्रधानमन्त्रीको व्यस्तताका कारण पूर्व निर्धारित कार्यक्रम स्थगित भएको बताउँछन्। उनले भने, ‘अरु केही होइन, प्रधानमन्त्री ज्यूको व्यस्त सेड्युल भएर हो। नीति कार्यक्रम पनि छ, बीचमा अरु कार्यक्रम पनि भए। आजको साटो अर्को दिन बस्दा पनि हुने भएर स्थगित भएको हो।’ 

नीति कार्यक्रम यसअघि नै मन्त्रिपरिषदबाट पारित भइसकेको बताए। 

कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले भने आफूलाई कुनै जानकारी नभएको बताए। उनले भने, ‘म्यासेज आएपछि मन्त्रिपरिषद् बैठकबारे थाहा हुने हो। स्थगित भएको विषय मलाई थाहा छैन। शपथ ग्रहण रोकिएको पनि थाहा छैन।’

कांग्रेसको आग्रहपछि मन्त्रिपरिषद् बैठक र शपथ ग्रहण कार्यक्रम रोकिएको चर्चा पनि छ। यसबारे कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भने, ‘मैले पनि भर्खर सुन्दैछु रोकियो भनेर। त्यही आज यता नीति कार्यक्रमको तयारी गर्नाले रोकिएको होला। मन्त्री नियुक्त भइसक्यो। सामान्य कुरा होला।’  

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -