Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:०२:१२ दिउँसो
- ADVERTISEMENT -

मेयर हर्क साम्पाङसहित तीन जनाविरुद्ध उजुरी

प्रकाशित मिति: २०८२ वैशाख १०, बुधबार

101
Shares

 सडक र ड्रेन बनाउने विवाद मिलाउन धरान ११ पुगेका नगर प्रमुख हर्क साम्पाङको अगुवाइमा आक्रमणमा परेका सन्तोष लिम्बुले प्रहरीमा उजुरी दिएका छन् । नगर प्रमुख साम्पाङ र वडा नम्बर ११ अध्यक्ष लोकेन्द्र फागोकै अगाडि सोमबार कुटिएका लिम्बूले मेयर साम्पाङसहित तीन जनाविरुद्ध उजुरी दिएका हुन् ।

धरान–११ नगरकोट टोल विकास स्रस्थाका अध्यक्ष समेत रहेका लिम्बूले साम्पाङसहित धरान ११ का वडाध्यक्ष लोकेन्द्र फागो र धरान ११ का चङ्खे भन्ने जोन लिम्बूविरुद्ध अभद्र व्यवहारको कसुरमा उजुरी दिएका हुन् । नगरकोट–बानडाँडा बाटो स्तरोन्नतिका लागि प्रदेश सरकारले २० लाख विनियोजन गरेकोमा मास्तिरको क्षेत्रमा मात्रै यस वर्ष काम हुने भएपछि विवाद उत्पन्न भएको थियो ।

विवाद मिलाउन नगर प्रमुख साम्पाङ सोमबार आउने भनेका थिए । उनी सोमबार नआई मङ्गलवार निर्माणस्थल पुगेका थिए । विवाद मिलाउनुको साटो उनले उल्टै विवाद निकालेको पीडित लिम्बूले बताउँदै आएका छन् । ‘मेयरकै अघि उनका समर्थकले ममाथि हातपात प्रयास गरे, त्यसैले कानुनी उपचार खोजेको हुँ’ लिम्बूले भने ।

प्रमुख हर्क साम्पाङ र सन्तोष लिम्बूबिच सोमबार भनाभन भएको थियो । त्यसबेला लिम्बूलाई नगर प्रमुखले हैसियत सोधेका थिए । लिम्बूले आफू नागरिक भएको बताएका थिए । साम्पाङले झोक्किएर तपाईँले के गर्नुहुन्छ रु भन्दै आक्रोश देखाएपछि उनका समर्थक चङ्खे भन्ने जोन लिम्बूले उनीमाथि आक्रमण गरेका हुन् । साम्पाङले आफ्ना समर्थक लिम्बूमाथि जाइलाग्दा मौन बसेका थिए ।

धरान–११ नगरकोट टोल विकास संस्थाका अध्यक्ष लिम्बू माओवादीका कार्यकर्ता हुन् । इलाका प्रहरी कार्यालय धरानमा किटानी जाहेरी दिएको बताउँदै उनले दोषीमाथि कारबाहीको माग गरेका छन् । लिम्बूकै पहलमा वडामा सो बजेट गएको थियो । ड्रेन कोशी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय मातहतको पूर्वाधार कार्यालयले ठेक्का लगाएर निर्माण गरेको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -