त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको सभापतिमा नेपाल विद्यार्थी संघका गोविन्द कोइराला निर्वाचित भएका छन्।
कोइरालाको विपक्षमा अन्य ७ दल निकट विद्यार्थी संगठनले मोर्चाबन्दी गरेका थिए।
२०६५ सालयता त्रिचन्द्रमा स्ववियु चुनाव भएको थिएन। २०६५ सालमा पनि नेविसंघका तर्फबाट विनयराम भट्ट विजयी बनेका थिए।








































