Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:१०:२५ दिउँसो
- ADVERTISEMENT -

पूर्वराजालाई तीनकुने घटनासँग जोडेको भन्दै राप्रपा नेता लोहनीको आपत्ति, बालेनसँग मागे जवाफ

प्रकाशित मिति: २०८१ चैत १७, आइतबार

131
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं पूर्वमन्त्री प्रकाशचन्द्र लोहनीले काठमाडौं महानगरपालिकाले तीनकुनेको हिंसात्मक प्रदर्शनमा पूर्वराजा ज्ञानेन्द्रलाई जोडेर जरिवाना पत्र काट्नु गलत रहेको बताएका छन् । काठमाडौं महानगरले हिजो पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा विभिन्न शीर्षको ८ वटा पत्र काट्दै ७ लाख ९३ हजार जरिवाना तोकेको थियो ।

गत शुक्रबार काठमाडौंका तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा महानगरको सम्पत्तिमा क्षति पुगेको, प्रदर्शनका कारण वातावरण प्रदुषण भएको, दमकलमा क्षति पुगाएको लगायतका आरोपमा महानगरले पूर्वराजालाई पत्र काटेको थियो ।

महानगरको उक्त पत्रको खण्डण गर्दै नेता लोहनीले सामाजिक सञ्जालमार्फत भनेका छन्ः

मेयर बालेन शाहले राजा ज्ञानेन्द्रलाई जरिवाना तोक्नु भएछ । के यो ठीक हो ? एकपटक निम्न बुदाहरु विचार गरौ।
१) चैत्र १५ गतेको राजनैतिक कार्यक्रममा दुई पक्ष थिए ।एउटा कार्यक्रम गर्ने पक्ष र अर्को कार्यक्रम गर्न स्वकृति
दिनेपक्ष अर्थात नेपाल सरकार ।
२) कार्यक्रम सरु भएर मञ्चमा बोल्नु अगाडि नेपाल सरकारकों तर्फबाट मकै पड्केको जस्तो गरी
मञ्चमा अश्रुग्यास प्रहार भयो।म स्वयं बोल्नेप्रयास गर्दै थिए अश्रुग्यास प्रहारबाट आखा नदेख्ने र स्वास फेर्न
पनि गाह्रो अवस्थामा पुगे ।
३) ठूलो भीडको बिचमा,आफैले भाषण गर्न स्वृकृति दिएको सभामा र भाषण गर्ने मञ्चमा समेत अश्रुग्यास प्रहार
गर्नु कुन नियम, कानुन र प्रोटोकलले जायज छ ।

यस्को दोषी को हो ?
४) अश्रुग्यास प्रहारबाट भीड आक्रोसित भएर तितरवितर भयो । आफूले स्विकृती दिएर स्वभावत भइरहेको भाषण
र आमसभालाई नेपाल सरकार स्वयंले भाड्यो र आतङ्कको स्थिति सिर्जना गयो । यो तथ्यलाई बालेन जीले
कसरी हेर्नु भएको छ ?

५) यस पछिको आक्रोसित भीड र प्रहरीबीच द्धन्द र नोक्सानसमेत भयो ।
६) माथि १ देखि ५ सम्मको घटनामा बालेनको नजरमा राजा ज्ञानेन्द्र शाह कसरी र किन जोडिन पुग्नुभयो।
७) कानुन बमोजिम यो सब घटनामा स्विकृती लिने र दिने पक्ष हुँदाहुँदै सबै तथ्य बिर्सियर राजा ज्ञानेन्द्र शाहालाई
जरिवाना भन्ने पत्र पठाउन नेपालको कुन कानुन र मान्यताले दिन्छ ?
बालेन जीले जनतालाई राम्रो संग बताउनु पर्यो ।

अन्यथा यो पत्राचार लाई सस्तो लोकप्रियताको दौड मात्र रहेको बुझ्नुपर्ने भएको छ । बालेन जि, मजस्ता धेरै काठमाण्डैंबासी शुभचिन्तक तथा आमनागरिक अहिलेसम्म तपाइका हितैसी छौं ,तर अब हामीलाई जवाफ चाहियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -