Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५३:४८ दिउँसो
- ADVERTISEMENT -

ज्ञानेन्द्र शाहप्रति कठोर कानुनी कदम चाल्ने तयारी :पासपोर्ट रद्ददेखि पक्राउसम्म

प्रकाशित मिति: २०८१ चैत १७, आइतबार

124
Shares

काठमाडौंको तीनकुने क्षेत्रमा शुक्रबार राजावादी समूहद्वारा भएका हिंसात्मक गतिविधिपछि सरकार पूर्वराजा ज्ञानेन्द्र शाहप्रति कडा रूपमा प्रस्तुत हुने देखिएको छ । पूर्वराजा शाहकै निर्देशनमा तीनकुने तथा वरपरका क्षेत्रमा तोडफोड, आगजनी, लुटपाटजस्ता अराजक क्रियाकलाप भएको निष्कर्षसहित सरकारले उनीमाथि कठोर कानुनी कदम चाल्ने तयारी गरेको हो ।

सुरक्षा निकायहरूले घटनाबारे सरकारलाई जानकारी दिँदै, हिंसात्मक गतिविधि पूर्वराजाको निर्देशनमै भएको प्रतिवेदन दिएका छन् । घटनापछि सरकारले कठोर नीति अपनाउने निर्णय गर्दै पूर्वराजा शाहको राहदानी (पासपोर्ट) रद्द गर्ने प्रक्रिया अघि बढाएको छ । 

सरकारी अधिकारीहरूले शाहलाई घटनाको मुख्य योजनाकारका रूपमा पहिचान गरिसकेको बताइरहेका छन् । एक उच्च सरकारी अधिकारीका अनुसार, शुक्रबारको हिंसात्मक घटनाका मुख्य योजनाकार शाह नै रहेको निष्कर्ष निकालिएको हो ।

घटनाको योजनाबद्ध ढंगले सञ्चालन गरिएको पुष्टि भएसँगै, शाहलाई कानुनी प्रक्रियामा ल्याउने सरकारको तयारी रहेको जनाइएको छ । सरकारले पूर्वराजासँग सम्बन्धित सबै गतिविधिलाई निगरानी गर्दै आवश्यक कदम चाल्ने निर्णय गरेको छ । 

प्रमुख दलहरूले पनि तीनकुने ताण्डवमा राजनीतिक र कानुनी रूपमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई जिम्मेवार ठहराउँदै उनको सुविधा कटौटीसहित थप कारबाही र प्रतिबन्ध लगाउनुपर्नेमा जोड दिएका छन् । राजवादीहरूले ज्ञानेन्द्रकै परामर्श र समर्थनमा आन्दोलन परिचालन समिति बनाएकाले पनि घटनाको जिम्मेवारी उनकै हुने दलहरूको तर्क छ ।

यसबाहेक नागरिकस्तरबाट ज्ञानेन्द्रलाई पक्राउ गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमा अभियान नै चलाइएको छ । समर्थक दलहरू भने ज्ञानेन्द्रको प्रतिरक्षामा उत्रँदै घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् । यता पूर्वराजा शाहका समर्थकहरूले भने यो कदमलाई राजनीतिक प्रतिशोधको रूपमा लिएका छन् । उनीहरूको भनाइमा– सरकार स्वेच्छाचारी ढंगले निर्णय गर्दैछ र पूर्वराजाको प्रतिष्ठा धूमिल गर्ने प्रयास भइरहेको छ ।

यस घटनापछि, सञ्चारमाध्यम, नागरिक समाज तथा विपक्षी दलहरूले पूर्वराजाका गतिविधिहरू निगरानी गर्न र नियन्त्रणमा लिन सरकारमाथि दबाब बढाएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -