Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:४९:५२ दिउँसो
- ADVERTISEMENT -

कांग्रेस-एमालेसँगको सहकार्यले घाटा भएको प्रमाणित भयो : प्रचण्ड

प्रकाशित मिति: २०८१ चैत ७, बिहीबार

173
Shares

 नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गएका निर्वाचनहरूमा नेपाली कांग्रेस र नेकपा एमालेसँग सहकार्य गर्दा आफ्नो पार्टीलाई घाटा भएको कुरा अहिले प्रमाणित भएको बताएका छन् ।

पार्टीको जिल्ला समन्वय समिति, बाराले आयोजना गरेको तराई–मधेश जागरण सभालाई सम्बोधन गर्दै उनले गत उपनिर्वाचन र अहिले जारी स्ववियु निर्वाचनको परिणामले उक्त अवस्था देखाएको जिकिर गरे ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले एमाले र कांग्रेसले अब माओवादी केन्द्र आफ्नौ खुट्टामा उभिन सक्दैन भनेर स्थापना गर्न थालेको भाष्य गलत सावित भएको पनि बताए ।

‘भर्खरै स्ववियुको निर्वाचन सम्पन्न भएको छ । केही कलेजमा बाँकी छ । त्यो निर्वाचनमा युवा विद्यार्थीहरूको रुझान, चेतना कतातिर जाँदैछ भन्ने कुराको बडो राम्रो संकेत दिइएको छ,’ प्रचण्डले भनेका छन् ।

उनले केही क्याम्पसहरूमा नयाँ इतिहास रचना भएको भन्दै यसअघिका सहकार्यबाट माओवादीलाई घाटा भएको बताए ।

‘यो पटक साँच्चै केही नयाँ इतिहासको रचना भएको छ । हिजो माओवादी केन्द्र अब अरुको वैशाखी नटेकी उठ्नै सक्दैन भन्ने भाष्य एमाले र कांग्रेसहरूले बनाएका थिए,’ अध्यक्ष प्रचण्डले भने, ‘गएको उपचुनावमा हामी आफ्नै खुट्टामा उभिएर परिणाम आफ्नो पक्षमा पार्न सक्छौं भन्ने बनाएका थियौं ।’

प्रचण्डले अघि थपे, ‘वास्तवमा हामी कहिले कांग्रेस र एमालेसँग सहकार्य गर्दा हामीलाई घाटा भएको नै प्रमाणित भयो ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -