डिल्लीबजारमा पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनीदेखि केशर बहादुर विष्ट लगायतलाई एक ठाउँ जुटाएर राजसंस्था फर्काउने अभियान घोषणा गरे पन्चायतकालीन नेता नवराज सुवेदीले ।
८६ वर्षीय सुवेदी राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक पनि हुन् । समितिमा अस्मिता भण्डारी, कमल थापा, दुर्गा प्रसाई, पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी, रवीन्द्र मिश्र, रमा सिंह लगायत सदस्य छन् ।








































