Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:५९:१६ बिहान
- ADVERTISEMENT -

‘आउटः दफा २१९’को एक्सनलाई गज्जबको तारिफ

प्रकाशित मिति: २०८१ चैत १, शुक्रबार

199
Shares

 बिहिवारबाट रिलिजमा आएको फिल्म ‘आउटलः दफा २१९’ ले दर्शकको सुखद प्रतिक्रिया पाएको छ । बिहिवार दिनभर काठमाडौंका विभिन्न हलमा पुगेका फिल्मका कलाकारहरुले दर्शकसँग साक्षात्कार गरे ।

फिल्मका मुख्य नायक सुशील श्रेष्ठ, निर्माता अमित अग्रहरि, निर्देशक विक्की महर्जन र सम्पादक साहिल खान दिनभर हल–हलमा पुगेका थिए । फिल्म हेर्नका लागि युवापुस्ताका दर्शकहरुको चाप हलमा बढी देखिएको थियो । फिल्म हेरेपछि अधिकांश दर्शकले यसको एक्सनको खुलेरै तारिफ गरे । फिल्म हेरेर निस्किएकी एक युवतीले नायक सुशील श्रेष्ठको कामको तारिफ गर्दै भनिन्–‘सायद, यस्तो एक्सन नेपालमा अहिलेसम्म बनेकै थिएन होला । यस्तो फिल्म आएपछि हामीले बलिउड र साउथको फिल्म पनि हेर्नुपर्दैन । कथावस्तु पनि राम्रो छ ।’

काठमाडौं बाहिरका दर्शकले पनि फिल्म हेरेर उत्कृष्ट प्रतिक्रिया दिएका छन् । फिल्मको कथावस्तुले महिलाको कथा उठाएको छ । साथमा, फिल्मको सस्पेन्स पाटो पनि गज्जब छ ।’
फिल्म हेर्न हल पुगेका कलाकार गजित बिष्टले भने–‘सुरुवातको १० मिनेट फिल्म केही स्लो छ । यसपछि फिल्मले आफ्नो पकड मजबुत तरिकाले जमाएको छ । एक्सन त गज्जब नै छ । एक्सन मन पराउने दर्शकका लागि यो फिल्म विशेष हुनसक्छ ।’

दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएपछि नायक सुशील श्रेष्ठ पनि उत्साहित देखिए । उनले भने–‘मैले ४ वर्ष एउटा उत्कृष्ट फिल्ममा काम गर्छु भनेर नै अफर आएका थुप्रै फिल्म छाडेको हुँ । आज दर्शकहरुले दिनुभएको मायाले उत्साहित छु ।’ फिल्मका निर्देशक विक्की महर्जनले पनि २ वर्ष लगाएर आफूहरुले गरेको मिहिनेतमा दर्शकहरुले साथ दिएको भन्दै खुशी व्यक्त गरे । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -