Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०५:१६ दिउँसो
- ADVERTISEMENT -

स्ववियु निर्वाचनको मनोनयन दर्ता सुरु, नेविसंघलाई उम्मेदवार टुंग्याउन सकस

प्रकाशित मिति: २०८१ फागुन २७, मंगलबार

162
Shares
नेविसंघ अध्यक्ष दुजाङ शेर्पा र शेखर कोइराला पक्षकी विद्यार्थी नेता प्रेमिका रानामगर
नेविसंघ अध्यक्ष दुजाङ शेर्पा र शेखर कोइराला पक्षकी विद्यार्थी नेता प्रेमिका रानामगर

आगामी चैत पाँच गते हुने स्ववियु निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता गर्ने समय सुरु हुने बेलासम्म नेपाल विद्यार्थी संघ (नेविसंघ)ले उम्मेदवार टुंगो लगाउन सकेको छैन ।

२७ फागुन (आज) ११ बजेदेखि २ बजेसम्मका लागि उम्मेदवार मनोनयनको समय निर्धारण गरिएको छ । पार्टीभित्रका समूह बीचमा सहमति नजुट्दा उम्मेदवार तय हुन नसकेको पार्टी तथा विद्यार्थी नेताहरुले जानकारी गराएका छन् । त्रिभुवन विश्वविद्यालय कीर्तिपुर सहित मुख्य गरी काठमाडौंका ठूला क्याम्पसहरुमा सहमति जुट्न सकेको छैन । त्रिचन्द्र, पद्मकन्या, शंकरदेव, नेपाल कमर्स क्याम्पस, मीनभवन लगायतमा पार्टीभित्रका दुबै समूह पक्षधरका विद्यार्थीको दाबी हुँदा सहमति जुट्न नसकेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सहमहामन्त्री किशोरसिंह राठोर नेतृत्वको नेविसंघको निर्देशक समितिलाई उम्मेदवार चयनमा सहजीकरण गर्न निर्देशन दिएका छन् । देउवा पक्षबाट राठोरसहित प्रतिमा गौतम र राजीव ढुङ्गानाले सहजीकरण गरिरहेका छन् ।

संस्थापनइतरका नेता डा.शेखर कोइरालाले आफ्नो तर्फबाट समन्वय गर्न कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई जिम्मेवारी दिएका छन् । निर्देशक समितिका सदस्य र कार्की बीच सोमबार र मंगलबार छलफल जारी छ । यद्यपि, नेताहरु टुंगोमा पुग्न सकेका छैनन् ।

केन्द्रीय सदस्य गौतमले उम्मेदवार टुंगाउनका लागि छलफल जारी रहेको बताइन् ।

विद्यार्थीहरुले आफैं सहमति गरेका ठाउँ बाहेकमा उम्मेदवार टुंग्याउन संवाद भइरहेको अर्का केन्द्रीय सदस्य ढुंगानाले जानकारी दिए । ‘उपत्यकाका मुख्य–मुख्य कलेज टुंगिएको छैन । १/२ घण्टा लाग्ला,’ ढुंगानाले अनलाइनखबरसँग भने, ‘जहाँ जुन व्यक्ति बलियो छ त्यसलाई उम्मेदवार बनाउने गरी छलफल भइरहेको छ । जित्नसक्नेलाई आधार बनाउन लागेका छौं ।’

प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन दर्ताका लागि आज दिउँसो २ बजेसम्म समय छ । त्यसपछि दुवै तर्फका उम्मेदवारको नामावली पनि आजै प्रकाशित हुनेछ ।

दुवै तर्फको उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने दिन २८ फागुनका लागि तोकिएको छ । सोही दिन नै दुवै तर्फको दाबी विरोध उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।

फागुन २९ गते उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली सार्वजनिक गरिने छ । चैत ५ गते स्ववियु निर्वाच हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -