राष्ट्रिय लोकतान्त्रिक अपांग संघ गण्डकी प्रदेश को हिजो सम्पन्न प्रथम अधिवेशन वाट महामन्त्री पदमा स्याङ्जाका युवराज पराजुली सर्वसम्मत निर्वाचित हुनुभएको छ।
विगत १८ वर्षदेखि अपागता भएका व्याक्तिहरुको हक हितका लागि निरन्तर कृयाशिल पराजुली स्याङ्जा अपांग समाजको संस्थापक अध्यक्ष , राष्ट्रिय अपांग महासंघ साविक पश्चिमाञ्चल विकास क्षेत्रको संयोजक ,युवा रेडक्रस सर्कलको संस्थापक सभापति ,रेडक्रस उपशाखा को निवर्तमान उपसभापति, लगायतका दर्जनौं सामाजिक तथा व्यवसायिक संघसंस्था पदाधिकारी तथा सल्लाहकार को रुपमा सेवा गर्नुभएकाे छ। नेपाली कांग्रेसको १३ अौ र १४ महाधिवेशन को केन्द्रीय महाधिवेशन प्रतिनिधि को रुपमा कृयाशिल रहेको ।
हाल अपागता शसक्तिकरण तथा सामुदायिक विकास केन्द्र -नेपालका अध्यक्ष ,राष्ट्रिय शारीरिक अपाग महासंघ गण्डकि प्रदेशको उपाध्यक्ष , अपागता विज्ञको रुपमा रहनुभएका उहाँ राष्ट्रिय लोकतान्त्रिक अपांग संघ स्याङ्जा को समेत संस्थापक अध्यक्ष हुनुहुन्छ ।
गण्डकी प्रदेश का ११ जिल्ला अधिवेशन सम्पन्न गरि प्रदेश अधिवेशन गरिएको हो।अधिवेशन को उद्घाटन नेपाली कांग्रेस गण्डकी प्रदेश का सभापति शुक्रराज शर्मा ले गर्नुभएको थियोे ।









































