Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३६:०७ बिहान
- ADVERTISEMENT -

सुर्खेतमा शेखरको अभूतपूर्व स्वागत, पार्टीमा झन्-झन् जनमत बढ्दै

प्रकाशित मिति: २०८१ फागुन ९, शुक्रबार

340
Shares

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको गृह जिल्ला सुर्खेतमा वरिष्ठ नेता शेखर कोइराला बिहीबार आउँदा कार्यकर्ताहरूले भव्य स्वागत गरेका छन् । 

नेपाली कांग्रेस संस्थापन पक्षका शेरबहादुर देउवा निकट मानिने र भावी सभापतिको उम्मेदवारका रूपमा हेरिएका खड्काको गृह जिल्लामा कोइराला आउँदा कार्यकर्ताले बाजागाजासहित कोइरालाको भव्य स्वागत गरेका हुन् । 

कोइरालालाई स्वागतका संस्थापन इतरका नेता तथा प्रतिनिधिसभा सदस्य हृदयराम थानीले नेतृत्व गरेका थिए । कोइरालालाई स्वागत गर्नका लागि सुर्खेत विमानस्थलमा नै बाजागाजासहित नेता कार्यकर्ताको लर्को लागेको थियो । 

संस्थापन इतरका रूपमा चिनिने थानी निकै उत्साहित भएका थिए । संस्थापन पक्ष निकट रहेका कर्णालीका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही पनि स्वागतका लागि विमानस्थलमा पुगेका थिए । 

त्यस्तै, सयौँ नेता कार्यकर्ताहरू कोइराला स्वागत गर्न पुगेको देखेर उनी निकै उत्साहित देखिन्थे । 

कोइराला कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आज र भोलि बस्ने कार्यक्रम रहेको छ । उनले आज बिहान पार्टी कार्यालय सुर्खेतमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरेका छन् । 

भोली फागुन ९ गते नेपाली कांग्रेस पूर्व आप्रवासी समन्वय केन्द्रीय विभागले आयोजना गरेको कर्णाली प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

कोइराला उपसभापति खड्काको गृह जिल्लामा नेता कोइरालाले १५ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार आफू नै रहेको बताए । उनले २०८४ को आम निर्वाचनपछि महाधिवेशन भए पार्टी कमजोर हुने बताए । 

‘कांग्रेस एक ढिक्का छ । हामी एउटै ठाउँमा छौँ । मैले धेरै पटक भनिरहेको छु कि समयमै महाधिवेशन गरौँ । पार्टी विधान र संविधानभन्दा बाहिर जानु हुँदैन । चुनावपछि महाधिवेशन गरे पार्टी कमजोर हुन्छ,’ उनले भने । 

गत शुक्रबार सभापति शेरबहादुर देउवा निकटका ११ नेताले गत शुक्रवार १५औँ महाधिवेशनको रणनीतिबारे छलफल गरेका थिए । कोइरालाले गत महाधिवेशनमै देउवालाई समर्थन गरेका नेताको जमघट भएकाले त्यसलाई आफू सभापतिको उम्मेदवार हुन फरक नपार्ने बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -