Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५०:३६ बिहान
- ADVERTISEMENT -

रास्वपा सांसद तोसिमा कार्कीको रिटमा निर्णय सुनाउँदै सर्वोच्च

प्रकाशित मिति: २०८१ फागुन ४, आइतबार

155
Shares

सर्वोच्च अदालतले आज (आइतबार) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले दिएको रिटमा निर्णय सुनाउने भएको छ । सांसद कार्कीले निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरलाई विपक्षी बनाएर २०७९ कात्तिक १४ गते दिएको रिटको निर्णय सुनाउन पेसी तोकिएको हो ।

न्यायाधीशहरू मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले आइतबार निर्णय सुनाउने गरी पेसी तोकिएको छ। ललितपुर क्षेत्र नम्बर ३बाट निर्वाचन लड्न लाग्दा निर्वाचन आयोगमा कार्कीविरूद्ध उजुरी परेको थियो । नेपाल मेडिकल काउन्सिलकी निर्वाचित सदस्य भई लाभ लिइरहेका कार्कीले राजीनामा नदिई उम्मेदवारी दिएको भन्दै उनको उम्मेदवारी खारेज गरिदिएको थियो ।

सो पद सार्वजनिक पद हो वा होइन भन्ने विषयमा पनि प्रश्न उठेको थियो । निर्वाचन आयोगले उम्मेदवारी खारेज गरिदिएपछि कार्कीले सर्वोच्चमा रिट दिएकी थिइन् । उक्त रिटमा सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको इजलासले अन्तरिम आदेश जारी गरेको थियो । त्यस्तै २०७९ कात्तिक २८ गते न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले अन्तरिम आदेशलाई नै निरन्तरता दिएको थियो । उक्त आदेशपछि निर्वाचन लडेर कार्कीले ललितपुर क्षेत्र नम्बर ३ बाट सांसद पद जितेकी थिइन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -