Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५७:२७ दिउँसो
- ADVERTISEMENT -

संसद् बैठकअघि उपेन्द्रसँग प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाको छुट्टाछुट्टै छलफल

प्रकाशित मिति: २०८१ माघ २४, बिहीबार

141
Shares

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद्‌बाट अध्यादेश पारित गर्ने विषयमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग भेट गरेका छन् । संसद् बैठक बस्नुअघि प्रधानमन्त्री ओली र देउवाले यादवसँग छुट्टाछुट्टै भेट गरेका हुन् ।

प्रधानमन्त्रीको ओलीको सचिवालयले पनि यादवसँगको भेटमा समसामयिक राजनीतिका विषयमा भेट भएको जानकारी दियो । ‘प्रधानमन्त्रीले उपेन्द्र यादवसँग भेट गर्नुभएको हो,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘भेटमा समसामयिक राजनीतिका विषयमा कुराकानी भएको छ ।’

कांग्रेस सभापति शेरबहादुर देउवा निकट स्रोतले पनि संसद्‌बाट अध्यादेश पारित गर्ने विषयमा यादवसँग भेट भएको जानकारी दियो ।

‘अहिलेको विषय नै संसद् बैठक, अध्यादेश, विधेयकसहितका हुन्,’ देउवा निकट स्रोतले भन्यो, ‘पछिल्लो समय सरकारले ल्याएको अध्यादेशको विषयमा यादवसँग भेट भएको गरेको र पारितको लागि उहाँसँग सहयोगको आग्रह गरेको बुझेका छौं ।’

प्रतिनिधिसभामा कांग्रेस र एमालेको बहुमत भए पनि राष्ट्रिय सभामा उपेन्द्रको जसपा नेपालले भोट हाले मात्रै अध्यादेश पारित हुने स्थिति रहेको छ । सरकारले ल्याएको ५ वटा अध्यादेश आज प्रतिनिधिसभा  र राष्ट्रिय सभाबाट पारित गर्ने तयारी गरेको छ ।

तर, यादवको जसपा निर्णायक भएपछि उसलाई मनाउन सत्तारुढ दल जुटेका हुन् । राष्ट्रिय सभामा जसपा नेपालका ३ सदस्य छन् । यी तीनले समर्थन गर्दा सत्तारूढ दललाई राष्ट्रिय सभामा बहुमत पुग्छ ।

दुई नेतासँग छलफलपछि अध्यादेशबारे निर्णय गर्न जसपा नेपालको संसदीय दलको बैठक बसिरहेको छ ।

सरकार, प्रदेशमा हिस्सा पाउने स्थितिमा जसपा नेपालले कांग्रेस एमालेको आग्रहलाई मान्ने मनस्थिति देखाएको छ । जसपाले अध्यादेशबारे निर्णय लिन कार्यदल नै गठन गरेको थियो ।

आजै १ बजे बस्ने संसद बैठकमा अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -