Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:४३:०८ बिहान
- ADVERTISEMENT -

‘मायावी’ मेरो दोस्रो सन्तान हो : अभिनेत्री दीपिका

प्रकाशित मिति: २०८१ माघ २३, बुधबार

138
Shares

 अभिनेत्री दीपिका प्रसाइँले फिल्म ‘मायावी’ आफ्नो सपना भएको बताएकी छिन् । केही वर्षको अन्तरालपछि फिल्मको पर्दामा फर्किन लागेकी दीपिकाले यो फिल्म आफ्ना लागि विशेष भएको सुनाइन् । 

‘यो प्रोजेक्ट ५ वर्ष अगाडि देखिको यात्रा हो । यो प्रोजेक्ट जब सुरु भएपछि मात्र म गर्भवती भएको थाहा पाएँ । त्यो अवस्थामा मैले कि त सन्तान कि त फिल्म रोज्नुपर्ने अवस्था थियो’, उनले भनिन् ‘तर, मैले भगवानको नाम पुकारेर दुवैलाई जिताउनुपर्छ भने अगाडि बढेँ ।’ 

फिल्मको छायाङ्कन समय  निकै नै दुःख पाएको उनको भनाई छ । भन्छिन्, ‘दुःख गरेको प्रोजेट भएकोले राम्रो आस गरेको छु ।’  फिल्म छायाङ्कनको क्रममा उनले निर्देशक दिवाकर भट्टराईलाई अब यो फिल्म गर्न सक्दिनँ समेत भनेकी थिइन् ।  निर्देशकले फिल्मका लागि तिमी बाहेक अन्य सोच्न सक्दिनँ भनेपछि गाहे गरेर पनि अभिनय गरेको रातोपाटीलाई बताइन् । 

दीपिकाले ‘मायाबी’ लाई आफ्नो दोस्रो सन्तान भन्छिन् । ‘मायावी’को अर्थ के हो ? प्रश्नमा उनले भनिन्, ‘फिल्ममा अनेकौं तरिकाले मायावी देख्न सकिन्छ । मायावीको अर्थ सामान्य रुपमा मायाजालको रुपमा वुझिन्छ । तर, यो फिल्ममा भने मायावी भनेको आकर्षण हो भनेर देखाइएको छ ।

ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी रहेको यो फिल्ममा प्रविण भट्टराई र करण सिंह कार्यकारी निर्माताको रुपमा छन् । फिल्ममा मञ्जु भण्डारी, राजु पराजुली र सुमित वली सह–निर्माताको रुपमा छन् । 

फागुनको १४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्ममा दीपिकाको अलवा पल शाह, प्रशान्त ताम्राकार, सुशील सिटौला, करिश्मा श्रेष्ठ, समिम खान लगायतका कलाकारको अभिनय छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -