Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:१२:३५ बिहान
- ADVERTISEMENT -

संस्कृति र सम्पदाको अनुसन्धान बढाइनुपर्छ : मन्त्री पाण्डे

प्रकाशित मिति: २०८१ माघ २१, सोमबार

180
Shares
‘हनुमाढोका दरबार क्षेत्रका मूर्त सांस्कृतिक सम्पदाहरू’ नामक पुस्तक लोकार्पण काठमाडौँ, २१ माघः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गलगायत लेखक सोमप्रसाद खतिवडाको ‘हनुमाढोका दरबार क्षेत्रका मूर्त सांस्कृतिक सम्पदाहरू’ नामक पुस्तक लोकार्पण गर्नुहुँदै । तस्बिरः रत्न श्रेष्ठ÷रासस

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृति र सम्पदाको अध्ययन एवं अनुसन्धानमा बढवा दिनुपर्ने बताउनुभएको छ ।

सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालले आज यहाँ आयोजना गरेको प्रा डा सोमप्रसाद खतिवडाद्वारा लिखित ‘हनुमानढोका दरबार क्षेत्रका मूर्त सांस्कृतिक सम्पदा’ नामक पुस्तकको विमोचन गर्दै उहाँले संस्कृति र सम्पदा क्षेत्र अध्ययन तथा अनुसन्धानका आधारमा नभई लहडका आधारमा निष्कर्ष निकालिने गरेकाले समस्या आउने गरेको बताउनुभयो । 
  
नेपालका विविध संस्कृति, प्रकृति र सम्पदा खुला सङ्ग्रहालयका रूपमा रहेको मन्त्री पाण्डेको भनाइ छ । नेपाल विविध संस्कृति, प्रकृति र सम्पदाको खुला सङ्ग्रहालयका रूपमा रहेको उहाँले बताउनुभयो । 
  
सम्पदा महत्त्वपूर्ण पुँजीका रूपमा रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले जल, जङ्गल र जडीबुटीजस्ता जैविक सम्पदाको संरक्षणको आवश्यकता औँल्याउनुभयो । प्राकृतिक सम्पदा जोगाउनका लागि प्राज्ञिक रूपमा बहस र छलफल हुनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । 
  
“सम्पदाको अध्ययन, अन्वेषण हुँदा तथ्य र तथ्याङ्कमा आधारित भई वैज्ञानिक रूपमा पुष्टि हुनेगरी निष्कर्षमा पुग्नुपर्छ, हनुमानढोका दरबार क्षेत्रको मूर्त सांस्कृतिक सम्पदा नामक पुस्तकले अनुसन्धात्मक तरिकाले विराट र विशाल रूप बढाएको छ”, मन्त्री पाण्डेले भन्नुुभयो ।

पुस्तकका लेखक प्रा डा सोमप्रसाद खतिवडाले हनुमानढोका दरबार सङ्ग्रहालयको भ्रमण गरेपछि यससम्बन्धी पुस्तक लेख्ने सोच आएको बताउनुभयो । मूर्त सम्पदाका विषयवस्तु मात्र पुस्तकमा उल्लेख गरिएको जानकारी पनि उहाँले गराउनुभयो । 

दरबारभित्रका ११ वटा मन्दिर र दरबार बाहिरका १९ गरी ३० वटा मठमन्दिरका बारेमा पुस्तकमा उल्लेख गरिएको जानकारी पनि लेखक खतिवडाले गराउनुभयो । ती मन्दिरका कला, वास्तुकलाका बारेमा पनि पुस्तकमा विषयवस्तु समावेश गरिएको छ ।

“मोहनकाली चोकको ढुङ्गेधारामा ८०/९० वटा मूर्ति रहेको छ, भित्र सुन्धारामा पनि त्यस्तै दुर्लभ मूर्ति छन्, कालीय दमन मूर्ति यहीँ छ, लिच्छविकालको जलासन्ध विष्णुको मूर्ति यहीँ छ, पञ्चबुद्ध शिवको मूर्ति यहीँ छ, यहाँका चित्रलगायत विषय पनि पुस्तकमा समावेश गरिएको छ”, उहाँले भन्नुभयो ।

हनुमानढोका दरबार हेरचाह अड्डाले प्रकाशन गरेका चित्रका बारेमा पनि पुस्तकमा उल्लेख गरिएको छ । पहिले हुने कतिपय जात्रा, पर्व यहाँ हुन छोडेको पनि कार्यक्रममा प्रा डा खतिवडाले सुनाउनुभयो । परिषद्का अध्यक्ष एवं कलाकार बमबहादुर कार्कीले नेपालका महत्त्वपूर्ण संस्कृतिलाई अन्य देशमा पनि प्रचारप्रसार गर्न नेपालबाट प्रतिनिधित्व गर्ने राजदूतलाई यससम्बन्धी जानकारी गराइएको बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -