Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:४०:१६ दिउँसो
- ADVERTISEMENT -

डिभोर्सको तयारीमा पुग्दा पनि विष्णुप्रति एलिनाको अझै धेरै माया !

प्रकाशित मिति: २०८१ माघ २०, आइतबार

226
Shares

पछिल्लो समय सामाजिक सञ्जालदेखि मिडियासम्म चर्चामा छिन् गायिका एलिना चौहान । विष्णु सापकोटासँगको सम्बन्ध विच्छेद(डिभोर्स) काे तयारीका कारण उनकाे चर्चा चुलिएकाे हाे । गत शुक्रबार उनले पति विष्णुसँग डिभोर्स माग्दै जिल्ला अदालत काठमाडौँमा सम्बन्ध मुद्दा दायर गरेकी छन् ।

पहिले प्रेम, त्यसपछि ब्रेकअप । फेरि प्रेमसँगै गत ५ वैशाखमा विवाह गरेकी एलिनाको पछि विष्णुसँग डिभोर्सको हल्ला केही समयदेखि चले पनि आधिकारिक रूपमा बाहिर आएको थिएन । उनले यस विषयमा समय आएपछि बोल्ने बताउँदै आएकी थिइन् । अन्ततः, उनी डिभोर्स माग्दै अदालतसम्म पुगेकी छन्

डिभोर्सको मुद्दामा एलिनाले पतिले मानसिक तनाव दिएको, शङ्का उपशङ्का गरेको, चरित्रमाथि प्रश्न उठाएको लगायत आरोपस लगाएकी छन् । उनले मुद्दामा ‘माना चामल’ र ‘अंश’को दाबी नगर्ने बताएकी छन् ।

अचम्मको कुरो के छ भने डिर्बोसका लागि अदालतमा मुद्दा फाइल गरिसक्दा पनि एलिनाको पति विष्णु माथिको माया अलिकति पनि घटेको छैन । जसको उदाहरण शनिवार बिहानको उनको सामाजिक सञ्जालको लाइभलाई लिन सकिन्छ । लाइभ अवधिभर निकै भावुक देखिएकी एलिनाले पति विष्णुलाई गाढा माया देखाइन् ।

एलिनाले विष्णुसँग आफूले प्रेम विवाह गरेको तर उक्त विवाह गर्नु अलि हतार महसुस गरेको, मुद्दा आफैले दायर गरे पनि विष्णुको माया अझै रहेको बताएकी छन् । एलिनाले सामाजिक सञ्जालमा विष्णुलाई गाली गरेको देख्दा चित्त दुखेको भन्दै गाली नगर्न अनुरोध गरेकी छन् । 

एलिनाले भनेकी छन्, ‘मायाको कुरा गर्दा कस्तो हुँदो रहिछ भने आफूले माया गरेको मान्छेलाई गाली गर्दा खेरी आफूले नै गाली खाएभन्दा अझ धेरै पीडा हुँदो रहेछ । त्यसैले तपाईँहरू धेरैले यो समयमा मलाई साथ दिन्छु भन्ने सोचिरहनु भएको छ भने ठिक छ साथ दिनुस् । तर, उहाँलाई नराम्रो नभन्नुहोला उहाँलाई गाली नगर्नुहोला ।’ उनले विष्णुको सट्टा आफैलाई गाली गर्न समेत अनुरोध गरेकी छन् । भिडियोमा उनले आफ्नो जिन्दगी बिगार्न आफू नै जिम्मेवार रहेको समेत उल्लेख गरेकी छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -