Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:५१:११ बिहान
- ADVERTISEMENT -

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पक्षमा ज्ञानेन्द्र शाही

प्रकाशित मिति: २०८१ माघ १३, आइतबार

119
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर (ज्ञानेन्द्र)शाहीले पार्टीको जारी केन्द्रिय समितिको बैठक मूल एजेण्डमा केन्द्रित हुन नसकेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन्, ‘कतै राप्रपा केन्द्रीय समितिको बैठक …कामकाज एकातिर कुम्लो बोकि ठिमितिर त भएन ?’

राष्ट्र र देशवासीको हितका लागि अहिलेको अवस्थामा पार्टीलाई एक ढिक्का बनाएर मूल एजेण्डामा केन्द्रित गर्नुपर्नेमा उनको जोड छ । संविधान संशोधनको विषयमा राजनीतिक दलहरूका बीचमा छलफल चलिरहेकाले राप्रपाले पनि यो विषयमा आफ्नो धारणा स्पष्ट पार्नुपर्ने शाही बताउँछन् ।

संविधान संशोधन गराउन दबाबमुलक कार्यक्रम गर्नु पर्ने भन्दै उनले संविधान संशोधनका विषय के कस्ता हुन सक्छन् भनेर पनि लेखेका छन् । संविधान संशोधनका एजेण्डाको पहिलो नम्बरमै शाहीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसहितको शासकीय स्वरुपको प्रस्ताव गरेका छन् । एक जना व्यक्ति दुई पटक भन्दा बढी प्रधानमन्त्री बन्न नपाउने गरी संविधान संशोधन गर्नुपर्नेमा पनि उनको जोड छ ।

‘जनता बाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था’, राप्रपाका प्रमुख सचेतक समेत रहेका शाहीको प्रस्ताव छ ।

प्रदेश संरचना, धर्म निरपेक्षता, राष्ट्रपति र राजाको बारेमा जनमत संग्रह जस्ता विषयमा समेत उनले पार्टीले निर्णय लिनुपर्ने बताएका छन् । संविधान संशोधनका लागि अन्य एजेण्डा समेत पार्टीले अगाडि बढाउनुपर्नेमा शाहीको जोड छ ।

‘भ्रष्टाचारीहरूलाई आजीवन कारावास र सम्पत्तिहरण गर्ने कानुन निर्माण तथा संवैधानिक आयोगमा राजनीतिक नियुक्ति बन्द, विदेशमा रहेका नेपालीहरूलाई मतदानको अधिकार, युवाहरूलाई रोजगारीको ग्यारेन्टी’ संविधान संशोधनबारे शाहीका प्रस्तावित एजेण्डा छन् ।

कर्मचारी तथा शिक्षकहरूलाई राजनीति गर्न बन्द गरिनुपर्ने र यसका लागि आवश्यक प्रबन्ध संविधानमै राखिनुपर्नेमा पनि उनको जोड रहेको छ । तर, यस्ता एजेण्डामा पार्टीको केन्द्रीय समिति केन्द्रित नभएको भन्दै उनले असन्तुष्टि जनाएका छन् ।

अगाडि लेख्छन्, ‘तर हामी हामी एकअर्कालाई आरोप र प्रत्यारोप लगाएर पार्टीको केन्द्रीय समिति जस्तो बैठकलाई रमिता हेर्ने थलोका रूपमा प्रयोग गरिरहेका छौँ जो आफैँमा कुनै पनि प्रगति र परिणाम दिने काम होइन ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -