Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:४१:२३ दिउँसो
- ADVERTISEMENT -

धरानका मेयरलाई मन्त्रीले भने : धरानको खानेपानीको समस्या चाँडै समाधान हुन्छ

प्रकाशित मिति: २०८१ माघ ८, मंगलबार

176
Shares

खानेपानीमन्त्री प्रदीप यादवले धरानवासीका खानेपानीका समस्या चाँडै समाधान गरिने आश्वासन दिएका छन् । धरानवासीको खानेपानी समस्या समाधानको माग गर्दै आज मन्त्रालयमा आएका धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (हर्क साम्पाङ) सँगको छलफलका क्रममा मन्त्री यादवले धरानको खानेपानीको समस्या समाधानका लागि मन्त्रालयले आवश्यक पहल चालिरहेको र चाँडै समाधान हुने बताएका हुन् ।

छलफलका क्रममा मन्त्री यादवले भने, ‘जग्गा प्राप्तिको सुनिश्चितताको जिम्मा धरान उपमहानगरपालिकाले गर्नुपर्छ । योजना छनोट भइसकेको छ । दीर्घकालीन रूपमा खानेपानीको समस्या हामीले समाधान गर्ने छौँ ।’

सोही क्रममा मन्त्री यादवले धरानवासीप्रति आफू सधैँ सकारात्मक रहेको र खानेपानीको समस्या समाधानका लागि एकीकृत खानेपानी आयोजनाअन्तर्गत एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा यो वर्ष खानेपानीका लागि टेन्डर अह्वान गर्ने प्रतिबद्धता जनाए ।

धरानवासीलाई खानेपानीको व्यवस्था गर्नका लागि टेन्डर आह्वान गरिएको सूचनासहितको पत्र बोकर निकट भविष्यमै आफू धरान आउनेसमेत मन्त्री यादवले नगरप्रमुख राईलाई आश्वासन दिएका थिए । उनले भने, ‘मेयरसाब खानेपानीको योजनाका लागि अन्त कतै नगएर खुसीसाथ यहीँबाट धरान फर्किनुस् । खानेपानीको व्यवस्था गर्नका लागि टेन्डर आह्वान गरिएको पत्र म आफैं बोकेर चाडै धरान आउँछु ।’

धरानमा खानेपानीको ठूलो समस्या भएको र उपमहानगरको बजेटले धान्न सक्ने जति आफूले काम गरेको र धान्न नसक्ने भएपछि खानेपानीका लागि सिंहदरबारमा आएको नगरप्रमुख हर्कराज राईले मन्त्री यादवलाई सुनाएका थिए । ‘उपमहानगरको बजेटले धान्न सकेको जति मैले खानेपानीका लागि काम गरेँ, अब धान्न नसक्ने भयो । धराने नागरिकका लागि खानेपानी योजनामा विनियोजन गरिदिनु पर्‍यो,’ नगरप्रमुख राईले आग्रह थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -