Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०४:३६ बिहान
- ADVERTISEMENT -

वाइडबडी प्रकरणको छानबिन गर्न संसदीय समिति बनाउन माग

प्रकाशित मिति: २०८१ पुस २३, मंगलबार

106
Shares

सांसदहरूले वाइडबडी जहाज प्रकरणको छानबिनका लागि संसदीय समिति बनाउन माग गरेका छन् । सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सांसदहरूले समितिकै पहलमा वाइडबडी जहाज प्रकरणमा छानबिन गर्न संसदीय समिति बनाउन गरेका हुन् ।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले वाइडबडी जहाज प्रकरणमा नेपालका अधिकारीलाई घुस दिएको सार्वजनिक भइसकेको अवस्थामा संसदीय समितिबाट छानबिन गर्नुपर्ने बताए ।

विशेष अदालतले अख्तियारको छानबिनमा समेत प्रश्न उठाएकाले छानबिन समिति बनाउन पहल गर्नुपर्ने उनको भनाइ छ । उनले वायुसेवा निगमले व्यावसायिक हिसाबले काम गर्न नसकेको जिकिर गरे ।

त्यस्तै, सांसद प्रेम सुवालले वायुसेवा निगमको जहाज खरिदका क्रममा उठेका विषयमा छानबिन हुनुपर्ने बताए ।

सांसद देवी प्रकाश भट्टचनले पनि वायुसेवा निगमलाई जोगाउन समयमै आवश्यक कदम चाल्नुपर्ने बताए ।

बैठकमा नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जहाजका सामान समयमै नपाउँदा मर्मत कार्यमा ढिलाए हुने गरेको बताए । उनले नियतवस हुने ढिलाइको निगमले सुक्ष्म ढंगले अनुसन्धान गर्ने गरेको बताए ।

अधिकारीले साढे १० प्रतिशत ब्याजमा जहाज किनेर नाफा कमाउने विषय उचित नभएको पनि बताए । निगमको ऋण चुक्ता गर्न किस्ता बढाउन र उचित सहुलियत माग गरे पनि सम्बोधन हुन नसकेको उनको भनाइ छ ।

बैठकमा संस्कृति, पर्यटन र नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हवाईजहाज खरिद प्रकरणदेखि सञ्चालन र टिकट वितरणमा सुधार गर्नुपर्ने देखिएको धारणा राखे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -