Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०५:३५ दिउँसो
- ADVERTISEMENT -

कार्यपालिका बैठकको माग गर्दै भेरी नगरपालिकामा तालाबन्दी

प्रकाशित मिति: २०८१ पुस १६, मंगलबार

166
Shares

भूकम्प पीडितहरूको अस्थायी आवासको दोस्रो किस्ता तत्काल भुक्तानी गर्न माग गर्दै भेरी नगरपालिकाको प्रशासनिक भवनमा तालाबन्दी गरिएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रका प्रतिनिधिहरूले भेरी नगरपालिकाको प्रशासनिक भवनमा तालाबन्दी गरेका हुन्।

मंगलबार प्रशासनिक भवनमा तालाबन्दीपछि नेपाली कांग्रेसतर्फबाट भेरी नगरपालिका–१० का वडाअध्यक्ष दलबहादुर राना र नेकपा माओवादी केन्द्रका वडा नम्बर ८ का वडाअध्यक्ष वीरबहादुर चन्दले हस्ताक्षर गरी संयुक्त प्रेस वक्तव्य समेत जारी गरेका छन्।

भूकम्पपछि निमार्ण गरिएका अस्थायी आवासको दोस्रो किस्ता अविलम्ब भुक्तानी गर्नुपर्ने,भेरी नगरपालिकाअन्तर्गतका स्वास्थ्य संस्थामा तत्काल औषधिको व्यवस्थापन गर्नुपर्ने,शिक्षक दरबन्दी मिलान प्रतिवेदन तत्काल कार्यान्वयन गर्नुपर्ने जारी गरिएको संयुक्त प्रेस वक्तव्यमा उल्लेख गरिएको छ ।

सहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत बिनियोजित भएका योजनाहरूको समीक्षा तथा नगरसभाको निर्णय कार्यन्वयन गर्नुपर्ने,भेरी नगरपालिका अन्तरगत रहेका कर्माचारीहरुले मिसन– ८४ को निर्वाचनलाई लक्षित गरि सामाजिक संजालमा लेखिएका क्रियाकलापका विषयमा तत्काल कानुनी कार्वाही गर्नुपर्ने,भेरी नगरपालिकाको दरबन्दी तेरिजी (इल्ः) अनुसारको कर्मचारी तत्काल व्यवस्थापन गर्नुपर्ने वक्तव्यमा उल्लेख गरिएको छ ।
 
भेरी नगरपालिकाको कार्यापालिका बैठक विगत साढे १ महिनादेखि बस्न सकेको छैन।  बहुमत कार्यपालिका सदस्यहरूले मौखिक तथा लिखित रुपमा बैठक बस्न पटकपटक माग गरेपनि सुनुवाइ नभएपछि  नगरपालिकाको प्रशासकीय भवनमा तालाबन्दी गरिएको हो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -