Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:२६:१० दिउँसो
- ADVERTISEMENT -

१६औं गाउँसभाबाट दुई करोड ७२ लाख बजेट पारित

प्रकाशित मिति: २०८१ पुस १५, सोमबार

117
Shares

‘बजारमुखी कृषि, सर्वसुलभ स्वास्थ्य र शिक्षामा दिगो पूर्वाधार, अबको यात्रा युवा स्वरोजगार’ भन्ने मूल नारासहित मालिका गाउँपालिका म्याग्दीको १६औं गाउँसभा सम्पन्न भएको छ । आइतबार दरबाङको छ्यारछ्यारेमा सम्पन्न गाउँसभाको १६औं अधिवेशनबाट थप दुई करोड ७२ लाख रुपैयाँ बजेट पारित गरिएको हो ।

गएको आर्थिक वर्ष २०८०-०८१ को अल्या बजेट दुई करोड १२ लाख र निस्कोट–ताराखोला सडक निर्माणको एक करोड २० लाखमध्ये गाउँपालिकाको लागत सहभागिता समपुरक कोषबाट ६० लाख गरी जम्मा दुई करोड ७२ लाख सञ्चित कोषमा रहेको बजेट १६औं गाउँसभाबाट विभिन्न योजनाहरुमा विनियोजन गरिएको गाउँपालिकाका प्रवक्ता अनुप गौचनले जानकारी दिनुभयो ।

प्रवक्ता गौचनका अनुसार दरबाङ–निस्कोट सडक स्तरोन्नतिलाई निरन्तरता दिनको लागि ५८ लाख, विपन्न विद्यार्थी शैक्षिक सामग्री खरिदका लागि १० लाख, स्वास्थ्य औषधि तथा औजार खरिदमा थप तीनलाख ७० हजार, खोप्टी वस्ती संरक्षण १० लाख रुपैयाँ विनियोजन भएको छ । यसैगरी खर्बाङ खानेपानी नेवासँग साझेदारी १२ लाख, सोलीखोला लुक्सीपार सोले मोटरबाटो स्तरोन्नति तथा सडक निर्माणका लागि थप आठलाख, ओखरबोट मावि अस्थायी भवन निर्माण २० लाख र हिमाली युवा क्लब स्टेच तथा भवन निर्माणमा १४ लाख रुपैयाँ विनियोजन भएको छ ।

गाउँपालिकाको १६औं गाउँसभाबाट थप दुई करोड ७२ लाख रुपैयाँ बजेट सडक, कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, खेलकुद, खानेपानी, ढल निकासलगायत विभिन्न शीर्षक गरी ४६ वटा योजनाहरुमा विनियोजन गरिएको प्रवक्ता गौचनले जानकारी दिनुभयो । गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाको अध्यक्षतामा सम्पन्न गाउँसभामा आर्थिक विकास समिति संयोजक पथबहादुर रोकाले आर्थिक वर्ष २०८१-०८२ देखि आव ०८५-८६ सम्मको मालिका गाउँपालिकाको आवधिक योजना पेश गर्नुभएको थियो । सामाजिक विकास समिति संयोजक टंकप्रसाद पुनले आव ०८१÷८२ देखि आव ०८५-८६ सम्मको मालिका गाउँपालिकाको पञ्चवर्षीय गाउँ शिक्षा योजना पेश गर्नुभयो ।

त्यस्तै गाउँपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक टकबहादुर पुनले मालिका गाउँपालिका आकस्मिक कोष ऐन, २०८१ पेश गर्नुभएको थियो । गाउँसभामा पेश भएका योजना र कार्यक्रमसहितका प्रस्तावहरु सर्वसम्मत रुपमा पारित भएको गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो । चालु आवमा कुल ४७ करोड ९१ लाख ७६ हजार रुपैयाँ बजेट प्रस्तुत गरेको मालिका गाउँपालिकाले पुस दोस्रो सातासम्म कुल बजेटको १६ दशमलव ७८ प्रतिशत वित्तीय प्रगति भएको जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -