Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:२१:१४ बिहान
- ADVERTISEMENT -

रविको राजनीतिक भविष्य नै अन्यौलमा, रास्वपामा स्वर्णिम पक्षको रडाको

प्रकाशित मिति: २०८१ पुस १५, सोमबार

206
Shares

सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको पनि मुद्दा चलेपछि रास्वपा कसले हाँक्छ भन्ने प्रश्न राजीतिक बजारमा छ। 

किनकी सहकारी ठगी प्रकरणमा साढे दुई महिनादेखि कास्की प्रहरीको हिरासतमा रहेका रविमाथि झन्डै २८ करोडको सम्पत्ति शुद्धीकरणको मुद्दा छ। उनले जिल्ला अदालत कास्कीमा बयान दिइसकेका छन्, अब केही दिनमा थुनछेक बहस हुनेछ। यदी उनी पुर्पक्षका लागि थुनामा गए वा भोलि दोषी ठहर भए भने रास्वपा सभापति रहनेछ्रनन्। त्यति मात्र होइन, उनी राजनीतिक दलको साधारण सदस्य पनि रहन पाउने छैनन्।

त्यही भएर सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार मुद्दाले नेताहरुलाई राजनीतिको कुर्सीबाट सडकमा पुर्याएको विगत छ। कांग्रेस नेताहरु खुमबहादुर खड्का, जेपी गुप्ताहरु पनि कुनै बेलाका शक्तिशाली थिए। भ्रष्टाचार प्रमाणित भएपछि राजनीतिलाई बाइबाइ गर्न पर्यो। गोविन्दराज जोशी भ्रष्टाचार मुद्दाकै कारण राजनीतिबाट टाढिसकेका छन्।

रविको मुद्दा त्यो हदसम्म पुगिसकेको त छैन, तर भविष्य टाढा छैन। मुद्दा चलेसँगै उनी सांसदबाट निलम्बनमा परिसकेका छन्। २ पुसमा मुद्दा चलेपछि रविले उपसभापति डिपि अर्याललाई कार्यवाहक सभापति बनाइसकेका छन्। डिपि तिनै हुन् जो आगामी ३० वर्षसम्म रास्वपामा रविको विकल्प नरहेको भन्दै अर्का उपसभापति स्वर्णिम वाग्लेलाई घुमाउरो पारामा धम्की दिइरहेका थिए।

डिपिले कार्यवाहक पाएसँगै सक्रिय सभापतिको अभ्यास थालिसकेका छन्। उनले पार्टीका सबै विभाग प्रमुखहरूलाई हालसम्मको प्रगति र आगामी योजनाबारे रिपोर्टिङ मागेका छन् । आफ्नो क्षेत्राधिकार र जिम्मेवारीमा केन्द्रित रहेर रिपोर्टिङ पेस गर्न भनेका छन्।
अर्थ नीति विभागमा डा। स्वर्णिम वाग्ले प्रमुख छन्। डिपिलाई कार्यवाहक सभापति दिनुका साथै उनले सक्रिय सभापतिको अभ्यास गर्न थालेपछि रास्वपाभित्र गुट उपगुट बढेका छन्। 

स्वर्णिम भने आफूले संसदीय दलको जिम्मेवारी पाउनुपर्ने धारणा राख्न थालेका छन्। रविले भने संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई बचन दिएका थिए। अब वाग्ले वा श्रेष्ठमध्ये जो सुकैलाई संसदीय दलको जिम्मेवारी दिएमा विद्रोह हुनसक्ने देखिएको छ। विशेषगरी वाग्ले अझ बढी असन्तुष्ट छन्।  

रास्वपाको विधानमा उपसभापतिको काम, कर्तव्य र अधिकारमा दुई उपसभापतिमध्ये उमेरमा जेष्ठउपसभापतिले वा सभापतिले तोकेको उपसभापतिले सभापतिको अनुपस्थितिमा कार्यवाहक सभापतिका रुपमासभापतिको कार्य गर्ने उल्लेख छ। त्यस्तै, उपसभापति वा उपप्रमुख पदमा एकभन्दा बढी सदस्य जिम्मेवारीमारहे उमेरले ज्येष्ठ उपसभापति वा उपप्रमुखले कार्यवाहक सभापति वा प्रमुखको जिम्मेवारीमा कार्यसम्पादन गर्नेविधानमा उल्लेख छ।

वाग्ले २०३१ साल जेठ १६ गतेका हुन् भने अर्याल २०३१ भदौ ६ का हुुन्। तर, उमेरले ज्येष्ठ रहेका वाग्लेलाई रवि पार्टीले कार्यवाहक सभापति पद दिन अस्वीकार गरेको हो । 

राजनीतिमा उच्च महत्वाकांक्षा भएका वाग्ले अस्थिर मानिन्छन्। उनलाई कांग्रेसले अमेरिकाबाट ल्याएर सिधै राष्ट्रिय योजना आयोगको सदस्य हुँदै उपाध्यक्ष बनाएको थियो। तर, गत आमनिर्वाचनमा प्रतिनिधिसभा सदस्यमा टिकट नपाएपछि  राष्ट्रपति रामचन्द्र पौडेलको सल्लाहकार हुन खोजेका थिए, मन्त्रीको बरियतामा छ। तर, कानुनले नदिएपछि उनी विच्किएर  रास्वपातिर लागे। तनहुँमा उपनिर्वाचन लड्का विजयी भएका उनी रास्वपाको सभापति बन्ने महत्वकांक्षामा छन्।

त्यति मात्र होइन, समानुपातिक सांसद भएर पनि शिक्षामन्त्रीको अवसर पाएकी सुमना श्रेष्ठले पनि दलको नेतामा दाबी गरेकी छन् । रास्वपाकी सांसद चन्दा कार्कीले समेत संसदीय दलको नेतामा उम्मेदवारी दिने बताउन थालेकी छन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -