Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:३६:२१ दिउँसो
- ADVERTISEMENT -

सहकारी ठगीका दोषीलाई कानुनको दायरामा ल्याउँछौं : उपप्रधानमन्त्री सिंह

प्रकाशित मिति: २०८१ पुस ११, बिहीबार

142
Shares

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले विधि प्रक्रिया पूरा गरेर सहकारी पीडितलाई राहत दिने र दोषीलाई कानुनको दायरामा ल्याउने बताएका छन् । बिहिबार चितवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले नागरिकको बचतमा बद्मासी गर्ने दोषीहरूले कुनै हालमा उन्मुक्ति नपाउने बताए । उनले मन्त्रिपरिषद्बाटै सहकारीको विषय हल गर्न अध्यादेश ल्याउने निर्णय भइसकेको बताए।

‘दोषीहरूलाई कारवाही र पीडितहरूको बचत फिर्ता गर्नेगरी सिस्टम बनाएर काम भइरहेको छ,’ उनले भने,‘यो सरकारले यसअघिका सरकारले गर्न नसकेका र बाँकी रहेका कामहरूमा सुधार गर्न काम अघि बढाइरहेको छ ।’ कानुनभन्दा माथि कोही पनि छैन भन्ने कुरा अहिले स्थापित भएको पनि उनले बताए । सहकारी संस्थाको नियमन र बचतकर्ताको डुबेको रकम फिर्ता गर्ने गरि  सहकारीसम्बन्धी ऐन, २०७४, राष्ट्र बैंक ऐन, २०५८ र निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३ मा संशोधन गर्ने अध्यादेश मंगलबार मन्त्रिपरिषद् बैठकले पारित गरेको थियो ।  

सञ्चारकर्मीहरूले रास्वपा सभापति रवि लामिछानेका सन्दर्भमा राखेको प्रश्नमा उपप्रधानमन्त्री सिंहले आफूहरू सरकारमा आएपछि विधिको शासनअनुसार देश अघि बढिरहेको भन्दै गल्ती गर्ने कसैले पनि उन्मुक्ति नपाउने दाबी गरे। 

रास्वपाकै सदस्य सहभागी संसदीय समितिको सिफारिसका आधारमा लामिछानेमाथि छानबिन अघि बढिरहेको पनि उनले बताए। ‘रुल अफ ल सबैलाई बराबरी लागू हुन्छ भन्ने कुरालाई सरकारले अघि बढाएको छ,’ उनले भने, ‘संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेसहितको सरकार बनेपछि विकासको कामले पनि गति लिएको छ । यसअघि रोकिएका कामहरुले पनि गति पाएका छन् ’ 

नवलपुरमा नमूना सदरमुकाम बनाउने काम पछिल्लो ५ वर्षदेखि अगाडि बढ्न नसकेकोमा अहिले आफूले शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेपछि प्रक्रिया अघि बढाएको सिंहले बताए । नवलपुर जिल्लाको एकीकृत नमुना सदरमुकामको विस्तृत परियोजना प्रतिवेदन डीपीआर ०७६ फागुनमा तयार भएपनि काम अघि बढ्न सकेको थिएन ।  त्यस्तै देशको विशेष संरचनाहरुलाई व्यवस्थापन र सञ्चालनका लागि काम अघि बढेको उनको भनाइ छ।   यअसघकिा सरकारले उसै हुन्छ भनेका विषयहरुलाई आवश्यक नियमकानुन बनाएर सञ्चालनमा ल्याउन अहिले सरकारले द्रुत गतिमा काम गरिररहेको र यसको सकारात्मक परिणाम केही समयमा देखिने दाबी गरे।

चितवनको सौराहामा आयोजित हात्ति महोत्सवमा सहभागी हुन चितवन आएका उपप्रधानमन्त्री सिंहले महोत्सवहरूले आर्थिक गतिविधि बढाउने बताए। ‘नीजि क्षेत्रले गरेको कुरालाई प्रोत्साहित गर्ने काम त सरकारले गर्नुपर्यो नी । नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान राम्रो छ । महोत्सवहरुले त्यसमा टेवा पुग्ने भएकाले यस्तो कार्यलाई बढावा दिनुपर्छ,’उनले भने।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -