Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:३७:५८ दिउँसो
- ADVERTISEMENT -

सहकारी ठगी प्रकरण: जीबीसहित १९ जनाविरुद्ध आजै मुद्दा दर्ता, रवि र छविविरुद्ध आइतबार हुने

प्रकाशित मिति: २०८१ पुस ५, शुक्रबार

146
Shares

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीबी राईसहित १९ जनाविरुद्ध आजै मुद्दा दर्ता हुने भएको छ । सरकारी वकिलको कार्यालयले पहिलो चरणमा पक्राउ पुर्जी जारी भएका राईसहित १९ जनाविरुद्ध शुक्रबार कास्की जिल्ला अदालतमा मुद्दा दर्ता गर्न लागेको हो । 

तर, सोही सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित पाँच जनाविरुद्ध भने आइतबार मात्रै मुद्दा दर्ता हुनेछ । जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीका न्यायाधिवक्ता कमला काफ्लेका अनुसार आइतबार रवि र छविसहित नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, लीला पछाई  र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरुङविरुद्ध मुद्दा दर्ता हुनेछ ।सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका थिए ।  

प्रहरीले पहिलो चरणमा पक्राउ पुर्जी जारी भएकामध्ये सूर्यदर्शन सहकारीका पूर्वअध्यक्ष राई, उनका दाइ भूपेन्द्र राई, थानबहादुर बुढा, धीरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई, सुरज श्रेष्ठ, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, दिनेश रोका, ललिता तामाङ, सृष्टि मानन्धर र ऋण अधिकृत बुद्धि गुरुङ फरार छन् । सहकारी ठगी प्रकरणमा प्रहरीले पूर्वगृहमन्त्रीसमेत रहेका रास्वपा सभापति लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाएर सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको थियो ।

प्रतिवेदन अध्ययनपछि सरकारी वकिलको कार्यालयले सहकारी ठगी प्रकरणमा राई, लामिछाने, जोशीलगायतलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्न लागेको हो । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -